राप्तीमा राष्ट्रिय बाल दिवस : हाजिरीजवाफ प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम

ओमप्रकाश गुप्ता

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा किशोरी सञ्जालको संयुक्त आयोजनामा बाल दिवस कार्यक्रम सम्पन्न भएको हो । दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

७ वटा बाल क्लवले भाग लिएको प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम, ६ नम्बर वडा स्तरीय बाल क्लव द्वितीय र ५ नम्बर वडा स्तरीय बाल क्लव तृतीय भएका छन् । विजेताहरूलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

किशोरी सञ्जालकी अध्यक्ष पुजा कुवरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बालबालिकाको क्षेत्रमा लगानी गरे त्यसबाट राम्रो प्रतिफल आउने बताएका थिए ।

बालबालिका भनेका भविष्यका कर्णधार भएकाले बालबालिकालाई सिजर्जनात्मक कार्यमा लगाउन जरूरी रहेको बताएका थिए । सो अवसरमा राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकि जिवनकुमारी जिसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बाल सञ्जालका सचिव लक्ष्मण चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बाल सञ्जालका अध्यक्ष ताराप्रसाद शर्माले गरेका थिए ।

यसै बीच दिवसका अवसरमा सर्वहित बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका ४ माैरीघाटले कुर्सी दाैड प्रतियोगिताको आयोजना गरि आज ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । संस्थाद्वारा गठित बाल समुहका भाइबैनीहरूलाई सहभागी गराएर दिवस मनाएको संस्थाका व्यवस्थापक शिशिर चाैधरीले जानकारी दिएका छन् ।

सो कुर्सी दाैड प्रतियोगितामा नमुना बाल समूहबाट अनमाेल गिरी प्रथम, सुन्दरपुर बाल समुहबाट यमस खत्री दाेश्राे, श्री उच्च बाल समुहबाट निरू चाैधरी तेश्राे र सर्बउत्तम बाल समुहबाट शिला चाैधरी सान्त्वना स्थान हासिल गरेका छन् । संस्थाका अध्यक्ष जागेन्द्र चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन संस्थाका ब्यवस्थापक शिशिर चाैधरीले गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID