दाङ उवासंघमा एमाले, राप्रपा, मशाल सहकार्य गरेर जाने सहमति

सविन प्रियासन

दाङ, २७ भदौ । यही असोज १३ गते हुन लागि रहेको दाङ उवासंघको निर्वाचनमा नेकपा एमाले र राप्रपा निकट व्यवसायी संगठनहरु सहकार्य गरेर जाने सहमति भएको छ ।

उवासंघको निर्वाचनको सन्दर्भमा बुधवार भएको वैठकमा नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल उद्योग व्यवसायी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनबीच निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको हो । नेकपा एमालेको तर्फबाट प्रदेश सदस्य नारायण भुसाल, निवर्तमान प्रदेस सदस्य ध्रुवराज श्रेष्ठ भारी, नेकपा एमाले दाङको प्रचार विभाग प्रमुख एवं सचिवालय सदस्य सविन प्रियासन, राप्रपाको तर्फबाट राप्रपाका नेताहरु त्रिभुवन थापा, गोविन्द

गिरी र यादबबहादुर श्रेष्ठबीच निर्वाचनमा सहकार्य गरेर जाने सहमति भएको हो ।

निर्वाचनमा राप्रपा निकट व्यवसायी संगठनको तर्फबाट हाल एक पदाधिकारी र सदस्यमा निर्वाचनमा सहभागिता जनाउने, अन्य आस्था र विचार

राख्ने पार्टीहरुसँग पनि बार्ता र सम्बाद गर्ने, सबैलाई गोलबद्ध भएर साझा व्यवसायीक प्यानल बनाउने, अन्य संगठनहरुसँग सहमति भएपनि

राप्रपाको व्यवसायीक संगठनलाई एमालेको व्यवसायीक संगठनले साथैमा लैजाने निर्णय भएको छ ।

यसैगरी नेकपा मशाल र नेकपा एमाले बीच उवासंघका निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा मशाल निकट अखिल नेपाल व्यापार संघ दाङ र नेकपा एमाले निकट व्यवसायी संगठनको तर्फबाट बुधबार सहमति गरेर जाने निर्णय गरिएको हो । एमालेको तर्फबाट

नारायण भुसाल, ध्रुवराज श्रेष्ठ

भारी र सविन प्रियासन, मशालको तर्फबाट रामबहादुर घर्ती र लिलाबहादुर पुन (लालध्वज) बीच सहमति भएको हो । सहमति अनुसार अन्य व्यवसायी संगठनसँग वार्ता, सम्बाद र सहकार्यको ढोका खुल्ला

राख्ने, सबैसँग सहमति भएमा मशाललाई पनि साथै लैजाने निर्णय भएको छ ।

यता यस विषयमा केही दिन अगाडी नै कांग्रेस निकट व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट व्यवसायी संगठनबीच सहमति गरेर जाने निर्णय भएको थियो । अन्य आस्था र विचार राख्ने राजनीतिक दलका व्यवसायी संगठनहरुसँग पनि सहकार्य गर्नका लागि दुबै पक्षले छलफल गरिरहेको जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID