गढवा, २२ भाद्र । दाङ देउखुरीको गढवा गाउँपालिकाका कार्यरत स्थानीय सेवाका कर्मचारीहरू द्वारा शुक्रबार गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
कार्यवाहक गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरी मार्फत
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौं लाई सम्बोधन गरेर पत्र पठाईएको छ। नेपाल सरकारलाई आफ्ना मागहरु राख्दै ज्ञापन पत्र बुझाएको हो ।
संघीय निजामती एन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, स्थानीय तहका प्रमुख, उपप्रमुख स्थानीय भए जस्तै प्रमुख प्रशासकीय अधिकृत स्थानीय नै हुनुपर्ने, सरुवा प्रणाली सहमतिको आधारमा नभई अनुमान योग्य तथा चक्रिय प्रणालीको आधारमा हुनुपर्ने,पुरै कार्यालय संघीय निजामतीका कर्मचारीहरुले भरिएको लोक सेवा आयोगले हालै निर्माणको चरणमा रहेको संघीय निजामति सेवा विध्येकको मस्यौदामा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघिय निजामती सेवाको राख्नु पर्ने सुझाव आएको थाहा पाउदा हामीलाई कुनै आश्चर्य लागेको छैन तसर्थ तिनै तहको सरकारका क्रियाकलापमा समेतनियमन, नियन्त्रण र रेखदेख गर्ने सम्बैधानिक निकायहरुमा कर्मचारी खटाउदा संघीय निजामति सेवा बाट नभई छुट्टै सेवा गठन हुनुपर्ने, विशेष परिस्थितिमा प्रदेशहरुको समन्वयमा अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा र बृति विकाश म समानता हुनुपर्ने, तिनै तहमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेरहद लगाउन नहुने र एक तहबाट अरको तहमा सेवा प्रवेश गर्दा सेवा अवधी गणना हुनु पर्ने, सर्वोत्कृष्ट निजामती पुरस्कार र उत्कृष्ट निजामती पुरस्कारका लागि स्थानीय निजामति सेवा बाट पनि छनौंट हुनुपर्ने, स्थानीय तहको लोक सेवा आयोगबाट नवनियुक्त कर्मचारीहरुलाई हाल सम्म ट्रेड युनियनको अधिकार भएकोले सबै सेवाको लागि एक रुपता हुनेगरी कानुन जारी हुनुपर्ने, नेपालको संविधान (धारा २३२) ले संघ, प्रदेश र स्थानीय तह बिच सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनियतापनि हाल निर्माणाधिन ऐनको मस्यौदा निर्माण तथा छलफल र राय संकलनको कर्ममा कहि कतैपनि स्थानीय तहलाई समाबेश नगरिएकोले ऐन निर्माणको चरणमा सबै तहसंग अनिवार्य समन्वय हुनुपर्ने लगायतका माग सहितको ज्ञापनपत्र बुझाइएको गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख (अधिकृत छैंठौ) पुनाराम शर्माले जानकारी दिनु भयो।
त्यसैगरी गढवा गाउँपालिकाका निजामती कर्मचारीहरुलाई सम्बोधन गर्दै गढवा गाउँपालिका योजना शाखा प्रमुख (अधिकृत छैठौ) प्रेम प्रकाश दाहालले निजामति सेवा दिवशको दिन विरोध स्वरुप हातमा कालो पट्टी बाँधेर सेवा प्रवाह गर्ने र निजामती कर्मचारीहरुको बृति बिकाश सम्बन्धी व्यवस्था नभए सम्म कुनै पनि निजामती सेवा दिवश नमनाउने बताउनुभयो।
ज्ञापनपत्र बुझ्दै गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीले आफु पनि निजामती कर्मचारीको पक्षमा रहेको बताउनु भयो।
राजनीतिक दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास मैले लिएको छु कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने बताउनु भयो।
गढवा गाउँपालिका लेखा अधिकृत सम्भुराज आचार्यको अध्यक्षता तथा गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भयो थियो ।
मा प्रकाशित