दाङ उवासंघमा कांग्रेसको तर्फबाट सहभागि सबैको निर्णय सच्चाउन पार्टी संग माग

सविन प्रियासन

दाङ २१ भाद्र । दाङ उद्योग वाणिज्य संघको आउँदो नयाँ कार्यकालका लागि बसन्त जोसीको नाम प्रजातान्त्रिक उद्यमी संघले जबरजस्ती निर्णय गरेर सिफारिस गरिएकोमा उवासंघमा हाल कांग्रेसको तर्फबाट सहभागि सबैले बिरोध जनाएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीलगायत संघमा आबद्ध १० जना पदाधिकारी सदस्यले लिखितरुपमा नेपाली कांग्रेसमा निवेदन दर्ता गराएर प्रजातान्त्रिक उद्यमी संघका केही पदाधिकारीले जबरजस्ती उमेदवारका रुपमा यस भन्दा अगाडी संघमा बागी उमेदवारी दिएका जोसीको नाम सिफारिस गरेकोमा आपत्ती प्रकट गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको अहिलेको कार्यसमिति निर्माण हुँदा टंक सिंह बुढाथोकी सबै आस्था र विचार राख्ने दलहरुको नेतृत्व गर्दै सर्वसम्मत अध्यक्षका रुपमा निर्णय हुँदा त्यतिबेला बसन्त जोसीले उक्त निर्णय नमानेर बागी उमेदवारी दिनु भएको थियो । उहाँ बागी उमेदवार बनेपछि नेपाली कांग्रेसले उहाँलाई कारबाही समेत गरेको थियो ।

दाङ उवासंघमा हाल नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने सबैले बागी उमेदवारी दिने कार्यलाई प्रोत्साहन हुने गरी उवासंघ जस्तो गरिमामय संस्थामा नेतृत्वको लागि सिफारिस गरिएका कारण बाध्य भएर आफूहरु बिरोधमा उत्रिएको प्रतिक्रिया दिएका छन् ।

दाङ उवासंघमा हाल वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी, वरिष्ठ उपाध्यक्ष नरेश कार्की, सचिव नरेश निखिल श्रेष्ठ, कोषाध्यक्ष सुशील पोख्रेल, उद्योग सदस्य भरतराज रेग्मी, सदस्यहरु लिलाराम खड्का, जगत आचार्य, जुद्धबहादुर घर्ती, ज्ञानु फौजदार, माधव खनाल नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरिरहनु भएको छ ।

उहाँहरु सबै, जिल्लामा पहुँच बनाउनु भएका अन्य दर्जनौ व्यवसायीहरुको बृहत छलफल गरी पार्टी कार्यालयमा निवेदन दर्ता गरिएको बुझिएको छ । पार्टी कार्यालयमा निवेदन दर्ता भएपछि पार्टी नेतृत्वले बिहीबार नै यस विषयमा छलफलका लागि बोलाएको र उचित निकास दिने विश्वास दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको छ । संघमा हालको कार्य समिति निर्माण हुँदा टंक सिंह बुढाथोकीको नेतृत्वमा सबै सहभागि सर्वसम्मत टिम बनेको थियो ।

नेपाली कांग्रेसको तर्फबाट टंक सिंह बुढाथोकीले दाङ उवासंघको नेतृत्व गर्नु भएको थियो । पार्टीको निर्णय बिरुद्धमा त्यतिबेला वसन्त जोसीले बागी उमेदवारी हाल्नु भएको थियो । त्यसपछि जोसीलाई नेपाली कांग्रेसले कारबाही समेत गरेको थियो ।

बागी संस्कारलाई बढावा मिल्ने गरी केही व्यक्तिको स्वार्थका कारण जबरजस्ती जोसीको नाममा निर्णय गरेर पार्टीमा सिफारिस गर्ने कार्य भएकाले यस्तो खराब संस्कारका बिरुद्धमा आफूहरु एक ढिक्का भएर लागेको उवासंघमा हाल प्रतिनिधित्व गरिरहनु भएका व्यवसायीहरुले प्रतिक्रिया दिनु भएको छ । बागी बाहेकको व्यक्तिमा पार्टीले निर्णय गरेमा आफूहरु यस कुरामा सहमत हुने संघका कोषाध्यक्ष सुशील पोख्रेलको भनाइँ छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID