
दाङ, १९ भाद्र। देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहिले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पिडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ ।
संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरू बाट जम्मा भएकाे रू ३७,४५७/- (सईतिस हजार चार सय सन्ताउन्न रूपैया मात्र) पिडित चाैधरीलाई हस्तान्तरण गरिएकाे थियाे ।
दाङ गढवा गाउँपालिका वडा नंं ५ स्थित चाैधरीकाे आर्थिक अवस्था एकदम कमजाेर रहेकाे र सहयाेगकाे एकदम खाँचाे देखियकाले लमहि नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा माेबाईल ब्यबसायि गर्ने ब्यबसायिहरू र अन्य बाट रकम जम्मा गरि सहयाेग गरिएकाे संघका अध्यक्ष बसेलले बताउनु भयाे ।
हामिले थाेरै थाेरै गरि सहयाेग उठाई उपचारमा सहयाेग हाेस् भन्ने हाे, सबैले सहयाेग गरे उपचारमा सहज हुने ठानेर सहयाेग गरेका हाै, संघका महासचिव राजेश कुमार गुप्ताले बताउनु भयाे । अादर्श माध्यमिक बिद्यालय देउपुर बाट २०६०/०६१ मा एस.एल. सि दिईएका ब्याच बिद्यार्थी ले समेत सहयाेग गरेकाे महासचिव गुप्ताले बताउनु भयाे ।
कार्यक्रममा बरिस्ठ उपाध्यक्ष पदम के. सि., उपाध्यक्ष जितेन्द्र गुप्ता, पदाधिकारी तथा माेबाईल ब्यबसायि सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।
