गढवामा विविध कार्यक्रम गरी १६औं राष्ट्रिय पुस्तकालय दिवश मनाईयो

आलोक भावुक

गढवा, १५ भाद्र । “पुस्तौ पुस्ताका लागि पुस्तकालय” भन्ने मुल नाराका साथ १६ औं राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा दाङको गढवामा विविध कार्यक्रम गरी मनाइएको छ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजनामा १६औं राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा निवन्ध, कविता र खुल्ला चित्रकला प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको थियो।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिकाका सामुदायिक तथा निजी क्षेत्रका विभिन्न विध्यालयहरुको सहभागिता रहेको थियो।
१६औं राष्ट्रिय पुस्तकालय दिवशमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले पछिल्लो बर्ष गढवा गाउँपालिका भित्र रहेका श्रष्टाहरुलाई सम्मान गरेल १५औं राष्ट्रिय पुस्तकालय दिवश मनाएको स्मरण गर्दै यस बर्ष पालिका भरीका सामुदायिक तथा निजी विद्यालयहरुका विद्यार्थीहरुलाई सहभागी गराएर मनाउने सल्लाह बमोजिम कार्यक्रम तय गरिएको बताउनु भयो। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको सहकार्यमा कार्यक्रम गरिएको बताउनु भयो ।सुचना प्रविधिको विकास संगै किताब पढ्नेबानीको एकदमै न्युन बन्दै गएको बताउनुभयो। शिक्षक, विध्यार्थी नेता सबैमा किताब पढ्ने बानी घट्दै गएको बताउदै र पुस्तकालयमा किताव पढ्ने पाठकहरु घटदै गएको बताउनुभयो।

१६औं राष्ट्रिय पुस्तकालय दिवश मनाउदै गर्दा किताव पढ्ने बानीको बिकाश गराउनु आजको मुख्य चुनौती भएको बताउनुभयो। आजको युगमा पुनः पहिले जस्तै पठन संस्कृतिको विकाश हुन आवश्यक रहेको बताउनुभयो। सामाजिक सञ्जाल लगाएतका सोसल मिडियाहरूले किताव पाठकको संख्या घटेकोले कितावी ज्ञान पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। कितव अध्ययन नगर्दा गहिरो अध्ययन हुन नसकेको बताउदै हरेक बिषयको गहिरो अध्ययन, गहिरो ज्ञान बुझ्न आवश्यक रहेको बताउनुभयो। पठन संस्कृति जोगाउनु आजको चुनौती बनेको बताउनुभयो। विध्यार्थीहरुले किताव पढ्ने किसिमको वातावरण सिर्जना गर्नु पर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले निवन्ध, कविता र खुल्ला चित्रकला प्रतियोगिता एअदमै प्रभावकारी भएको बताउनुभयो।

सामुदायिक विध्यालयहरु भन्दा निजी विद्यालयका विद्यार्थीहरुमा बाह्य ज्ञान बढी भएको बताउनुभयो। सामुदायिक विध्यालयहरुमा शिक्षाको गुणस्तर खस्किदै जानु दुखद बिषय भएको बताउनुभयो। सिक्षा सुधारमा पालिका निरन्तर लागेको बताउदै किताव अध्ययन गर्ने वातावरण सिर्जना गर्न बाह्य ज्ञानमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो।
आधारभूत तहको कविता प्रतियोगिता कार्यक्रममा डिवेल इङ्ग्लिस बोर्डिङ स्कुल-गढवा – २ की छात्रा बास्ना अधिकारी प्रथम स्थान,नेपाल इङ्ग्लिस बोर्डिङ स्कुल गढवा-३ का छात्र पुस्टेश्वर चौधरी द्वितीय स्थान, राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुल गढवा – ४ झरना बोगटी तृतीय स्थान र शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवा-६ का वर्णन पौडेल सान्त्वना स्थान हाँसिल गरेका हुन्।
त्यसैगरी माध्यमिक तहको निबन्ध प्रतियोगिता तर्फ सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका करुण चौधरी प्रथम, ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवा-६ का बिश्वदिप यादव द्वितीय, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका रुन्नता चौधरी तृतीय र माध्यमिक विद्यालय चैनपुरकी संगिता यादव सान्त्वना स्थान हाँसिल गरेका हुन्।
त्यसैगरी प्राथमिक तहको खुल्ला चित्रकला प्रतियोगितामा डिवेल इङ्ग्लिस बोर्डिङ स्कुल-गढवा – २ अर्पण गिरी प्रथम, ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुलकी छात्रा इभा चौधरी द्वितीय, राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुल गढवा – ४ की छात्रा समिक्षा गिरी तृतीय र शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाका पुजेन चौधरी सान्त्वना स्थान प्राप्त गरेका हुन्।
प्रतियोगि सम्पूर्ण लाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
निबन्ध प्रतियोगितामा माध्यमिक तहका १५ जना, खुल्ला चित्रकला प्रतियोगिता माध्यमिक तहका ३३ जना र कविता प्रतियोगितामा आधारभूत तहका १६ जना प्रतियोगिहरुले भाग लिएका थिए।
मुल्यांकनकर्ताको रुपमा गढवा गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक रविलाल माझी, गढवा गाउँपालिका न्यायीक समिति सदस्य रेखा थापा र साहित्यकार तथा शिक्षक नागेन्द्र प्रसाद यादव रहनु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर घर हुने साहित्यकार तथा शिक्षक नागेन्द्र प्रसाद यादवको भरखरै प्रकाशित भएको अवधी भाषाको कविता सङ्ग्रह भाग-१ ‘कथरी’ साहित्यकार यादवले सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा लाई १० थान कविता संग्रह हस्तान्तरण गर्नु भएको हो।
कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी सहायक राजेश केसी, पत्रकार, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका पदाधिकारी, विभिन्न विध्यालयका शिक्षक/शिक्षिकाहरु र विध्यार्थीहरुको उपस्थिति रहेको थियो।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका उपाध्यक्ष नरायण पण्डितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादवले गर्नु भएको थियो ।

मा प्रकाशित