गढवा, १२ भाद्र । गढवा गाउँपालिका अन्तर्गत प्रवर्द्धन कार्यक्रमको दुई दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार पालिकाको सभाहलमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख डम्बर बहादुर कुँवरको उपस्थितिमा रहेको थियो।
गढवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको गत आर्थिक बर्ष २०७९/८० मा गरेका काम कर्तव्यको डाटा प्रस्तुतीकरण साथै आर्थिक वर्ष २०८०/०८१ को योजनाको बारेमा छलफल भएको छ।
गढवा गाउँपालिकाकाको ४ वटा वडाका स्वास्थ चौकी प्रमुख र २ आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ४ वटा सामुदायिक स्वास्थ्य ईकाई केन्द्रका प्रमुखहरुले आ-आफ्नो संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।
वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा गढवा गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्यहरु, गढवा गाउँपालिकाका आठ वटै वडामा रहेका स्वास्थ्य चौकी/सामुदायिक स्वास्थ्य इकाई, सर्पदंश उपचार केन्द्र लगाएतका संस्थाका प्रमुखहरुले गत आर्थिक बर्ष २०७९/८० मा गरेका काम कर्तव्यको डाटा प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा बर्षभरिमा स्वास्थ्य क्षेत्रमा गरिएको कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने पालिका र सम्बन्धित निकायले लिइएको लक्ष्य र प्रगतिका बारेमा तथ्याङ्कगत छलफल गरिएको थियो ।
वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्य क्षेत्रलाई लाई पहिलो प्रथामिक्तामा राखेर काम गरिरहेको बताउनुभयो। सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन, औषधिको पर्याप्त मात्रामा व्यवस्थापन कुनै कसर बाँकी नराखेको बताउनुभयो। स्वास्थ्य क्षेत्र एकदमै महत्वपूर्ण क्षेत्र भएकोले जति व्यवस्थापन गर्दा पनि केही नकेही अपुग हुने तर आवश्यक्ता अनुसार सबै कुराको व्यवस्थापनमा ध्यान दिएको जानकारी दिनुभयो। १५ शैयाकाे अस्पताल निर्माणाधिन रहेकोले इमर्जेन्सी सेवा दिन कठिनाई भएको बताउदै अन्य सेवा प्रवाह भैरहेको र कमी कम्जोरी महसुस् गर्दै पुर्ति गरेको जानकारी दिनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख डम्बर बहादुर कुँवरले सबै समस्या स्वास्थ्य कर्मी बाटै समाधान नहुने बताउनु भयो । केही समस्या जनप्रतिनिधि कर्मचारी र स्वास्थ्य कार्यालय बाट हुने भएकोले आ आफ्नो स्थानबाट सबैले साथ सहयोग र समर्थन गर्न आवश्यक रहेको बताउदै मौसमी रोग/फ्लु लगाएतका समस्यामा सामाग्रीहरु स्वास्थ्य कार्यालयबाट सहयोग गर्ने बताउनु भयो । क्षेत्रमा सफल हुन सबै पक्षको भुमिका आवश्यक रहेको समेत बताउनुभयो। समिक्षामा उठेका सबै समस्याबारेमा आफु मनन् गर्ने र समाधान गर्ने आस्वासन दिनु भयो ।सेवा प्रवाहमा देखिएका समस्या समाधानका लागि समस्याहरु लाई सम्बन्धित निकायमा पुर्याउनै पर्ने र सम्बन्धित निकायले समाधान गर्नु पर्ने बताउनुभयो । अब ८० बर्ष पुरा गरेका लाई मात्र जेष्ट नागरिको सेवा सुविधा दिने जानकारी आएको बताउदै यस बाट केही नकरात्मक सन्देश जाने भनेको बताउदै सकरात्मक सन्देश प्रवाह गर्न अनुरोध गर्नुभयो । गुणस्तरीय स्वास्थ्य सेवाको लागि कर्मचारी व्यवस्थापन अहम भुमिका रहेकोले आवश्यक्ताको आधारमा कर्मचारी लगाएतकाको व्यवस्थापन पालिकाले गर्नु पर्ने बताउनुभयो।
साथै कार्यक्रममा साथै गत आर्थिक वर्ष २०७९/०८० मा वार्षिक प्रगतिको मुख्य सूचकहरुको मुल्यांकनको आधारमा स्वास्थ्य संस्थाहरु मध्ये प्रथम हुन सफल कोइलाबास स्वास्थ्य चौकी र महदेवा आधारभुत स्वास्थ्य इकाईले उत्कृष्ट काम गरेको भन्दै नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो। यि दुवै संस्थाका प्रमुखहरु लाई सम्मान गरिएको हो।
वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा गोबरडियामा आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरनाथ योगी, गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादव, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख खुमानन्द भट्टराई, गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख दिपेश श्रेष्ठ, कोइलाबास स्वास्थ्य चौकीका प्रमुख तुलाराम चौधरी, अनमी पार्वती चौधरी, गंगाप्रसपुर स्वास्थ्य चौकीका ज्ञान कुमार बसेल, पर्सेनी स्वास्थ्य इकाईका खोपीराम चौधरी, गढवा स्वास्थ्य चौकीका कृष्ण खनाल, गोबरडिहा सामुदायिक स्वास्थ्य इकाईका कृष्ण प्रसाद भट्टराई, गढवा सर्पदंश उपचार केन्द्रका राम कुमार यादव, सामुदायिक स्वास्थ्य इकाई चिमचिमेका हरी प्रसाद चौधरी, महदेवा सामुदायिक स्वास्थ्य इकाईका राम राज पौडेल, गोबरडिहा स्वास्थ्य चौकीका रोहित चौधरी, सामुदायिक स्वास्थ्य इकाई कालाकाटेका कल्पना यादव लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले गर्नु भएको थियो ।