प्रेस सेन्टरका नेताहरू दाङका १० ओटै पालिकामा बाँडीए

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ९ भदौ। दाङमा प्रेस सेन्टरका प्रदेश र जिल्ला नेताहरूलाई तीन महिनाका लागि पालिकाको जिम्मेवारी दिइएको छ । जसमा बंगलाचुली गाउँपालिकामा भुपेन्द्र ओली, लमही नगरपालिकामा दीवाकर पोख्रेल, राजपुर गाउँपालिकामा केशरमान बुढाथोकी, राप्तीमा पाण्डव शर्मा, घोराहीमा जनक नेपाली, तुलसीपुरमा राकेश बस्नेत, गढवामा शिवु खनाल, बबई र शान्तिगरमा दीपक बोहरा तथा दंगीशरण गाउँपालिकामा गिरीराज नेपालीलाई जिम्मेवारी तोकिएको छ ।

अन्य केन्द्रीय, प्रदेश र जिल्ला समितिका नेताहरू सम्बन्धि वडा क्षेत्रमा जोडिने निणर्य गरिएको छ । अभियानको अनुगमन समितिमा अजयदीप शर्मा, उदय जिएम, लक्ष्मी आचार्य र पुरन शर्मा रहेका छन् ।

बैठकले राप्ती गाउपालिका प्रेस सेन्टरको संयोजकमा तुलबहादुर कवँर मगरलाई जिम्मेवारी दिइएको छ । राप्तीमा भदौं मसान्त भित्र पालिका कमिटी गठन गरिसक्नुपर्ने छ ।

बबई गाउँपालिकामा नयाँ कार्यसमिति निर्माण नहुँदासम्म समन्वय गर्ने जिम्मेवारी सह-सचिव दीपक बोहोरालाई जिम्मेवारी दिइएको छ ।

प्रेस सेन्टर दाङको आज घोराहीमा बसेको बैठकले सो निणर्य गरेको हो ।

संगठनका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवम् (माओवादी केन्द्र) दाङका संयोजक सुवास पुनको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस सेन्टर नेपाल दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी, महासचिव भुपेन्द्र ओली लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID