दाङ जिल्ला उवासंघमा रामप्रसाद पोख्रेलको नेतृत्वमा अघि बढ्ने

गणतन्त्रनेपाल समाचारदाता

दाङ ८ भाद्र । दाङ जिल्ला उद्योग वाणिज्य संघको आउँदो असोज १३ गते हुन लागि रहेको निर्वाचनमा नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङको तर्फबाट यस पटक संघमा नेतृत्व गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेललाई पठाउने निर्णय गरिएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङको शुक्रबार घोराहीमा आयोजित विशेष वैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा महासंघको तर्फबाट नेतृत्व गर्दै संघमा वाणिज्य उपाध्यक्ष समेत रहनु भएका पोख्रेललाई पठाउने सर्वसम्मत निर्णय गरिएको हो ।

नेपाल उद्योग तथा व्यवासायी महासंघ नेकपा एमाले निकट व्यवसायीहरुको संठन हो । महासंघ दाङका अध्यक्ष नरेशराज भण्डारीको अध्यक्षत्तामा बसेको वैठकले यस्तो निर्णय गरेको महासंघ दाङका सचिव मित्रलाल अधिकारीले जानकारी दिनुभयो ।

उवासंघको अन्य पदाधिकारी र सदस्यहरुमा ककसलाई पठाउने भन्ने विषयमा पछिल्ला निर्णय गर्ने तयारी महासंघले गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा क्रियाशिल रहेर व्यवसायीहरुको हकहितको पक्षमा निरन्तर लागि रहेकाले रामप्रसाद पोख्रेललाई अगाडी सारिएको महासंघले जनाएको छ ।

वैठकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु नारायण भुसाल, हेमराज बञ्जाडे, ध्रुवराज श्रेष्ठ भारी, महासंघ घोराही नगरका अध्यक्ष भिमसेन डिसीलगायतका व्यवसायी अगुवाहरुको सहभागिता थियो ।

यसैगरी वैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु मेनका पोख्रेल, सिता सिग्देल न्यौपाने, जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपाध्यक्ष राममणि पाण्डेय, सचिव मनोहर बुढाथोकी, एमाले सचिवालय सदस्य गेहेन्द्र बस्नेत, एमाले प्रचार विभाग प्रमुख सविन प्रियासन, एमाले घोराही नगर अध्यक्ष भुवन चौधरी, नगर उपाध्यक्ष तारापुरी, नगर सचिव इन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID