एमाले प्रदेश प्रतिनिधि छनौंट शनिबार दशै पालिकामा हुँदै

गणतन्त्रनेपाल समाचारदाता

घोराही ८ भाद्र । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यही भाद्र १६ देखि बुटवलमा हुन लागि रहेको छ । अधिवेशनमा १२ जिल्लाका एक हजार बढि प्रतिनिधि र हजारौहजार कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुनेछ । यसका लागि भाद्र ९ गते शनिबार प्रदेशका सबै जिल्ला अनि जनवर्गीय संगठनले प्रतिनिधि छनौंट गर्न लागि रहेका छन् ।

यहीक्रममा नेकपा एमाले दाङले शनिबार जिल्लाका दशवटै पालिकामा विशेष भेलाको आयोजना गरेर प्रतिनिधि छनौंट गर्ने तयारी गरेको छ । पालिका कमिटीको आयोजना र जिल्लाको संयोजनमा हुने प्रतिनिधि छनौंट कार्यक्रममा जिल्लाको तर्फबाट निर्वाचन अधिकृतहरु समेत खटिएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतहरु सम्बन्धित पालिकामा शुक्रबार साझ या शनिबार विहानै पुगि सक्नेछन् ।

लुम्बिनी प्रदेशमा सबै भन्दा बढि पार्टी सदस्य रुपन्देहीमा छन् । त्यसको पछिपछि दाङमा पनि १२ हजार बढि पार्टी सदस्य छन् । यस हिसाबले दाङबाट पार्टीको तर्फबाट १ सय २५ जनाको हाराहारीमा प्रतिनिधि छनौंट हुने छन् । यसमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेछ । अन्य समुदायको हकमा १ सय बराबर एक प्रतिनिधि भएपनि दलित समुदायको हकमा ७५ जना बराबर एक प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले प्रतिनिधि छनौंट कार्य सर्वसम्मतरुपमा सम्पन्न गर्ने तयारी जिल्लाले गरेको र प्रतिनिधिहरुलाई पार्टीको अपानी अनुसार नै छनौंट गरिने बताउनुभयो । समावेशीतालाई पनि विशेष ख्याल गरेर प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्न सबै पालिकालाई अनुरोध गरिएको पार्टी सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । दाङबाट सबै भन्दा बढि घोराहीबाट ४२ जाना, तुलसीपुरबाट ४० जना प्रतिनिधिहरु प्रदेश अधिवेशनमा सहभागि हुनेछन् । यस बाहेक पार्टीले यस पटक जनवर्गीय संगठनको हकमा महासंघ भएको जनवर्गीय संगठनलाई ५ जना र संघ भएकोलाई ३ जना प्रतिनिधि पठाउने व्यवस्था गरेको छ । जसमा एक तिहाई अनिवार्य महिला सहभागिता हुनुपर्नेछ । जनवर्गीय संगठनको प्रतनिधि छनौंट पनि शनिबार नै हुने बताइएको छ ।

प्रतिनिधि छनौंटका लागि पालिकाहरुले आ–आफ्नो तर्फबाट तयारी गरेका छन् । विहान ११ बजे दाङका दशवटै पालिकामा एकैसाथ प्रतिनिधि छनौंट कार्यक्रम हुनेछ । घोराहीमा भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिनिधि छनौंट कार्यक्रमको आयोजना गरिएको घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । उहाँले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा १९ वटै वडाका नेता, कार्यकर्ताहरुलाई भेलामा उपस्थित हुन अनुरोध गर्नु भएको छ ।

शनिबार हुने प्रतिनिधि छनौंट कार्यक्रमलाई व्यवस्थित गर्नको लागि जिल्लाका दशवटै पालिकामा शुक्रबार तयारी वैठक गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।

कार्यक्रम तालिका

समय ः विहान ११ बजे

–घोराही–पार्टी कार्यालय भरतपुर

–तुलसीपुर–सभाकक्ष दोघरे

–लमही–पार्टी कार्यालय, रातोडाँडा

–राप्ती–पार्टी कार्यालय मसुरिया

–गढवा–उवासंघको सभाकक्ष

–बंगलाचुली–कमिरेचौर

–दंगीशरण–हेकुली सभाहल

–बबै–हापुरे सभाहल

–शान्तिनगर–जुम्ले कुला

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID