गढवामा एम्बुलेन्स ठोक्किदा बिध्धुत पोल ढल्यो, दुई गाउँको बिध्धुत सेवा अबरुद्ध

आलोक भावुक

गढवा, ५ भदौ । गढवामा भुपु सैनिक एम्बुलेन्सको एम्बुलेन्स बिध्धुत पोलमा ठोक्किदा दुइ गाउको बिध्धुत सेवा अबरुद्ध भएको छ। मंगलवार करिब ५:३० बजेको आसपासमा गढवा गाउँपालिका वडा नम्बर ६को बुध्द ज्योति बाटो हुदै मतपुर तिर जान लागेको भुपु शैनिक एम्बुलेन्स सेवा लेखिएको एम्बुलेन्स बुध्ध ज्योति बोर्डिङ स्कुल देखी दक्षिण झिगाहा गांउको चोकमा रहेको बिध्धुत पोलमा ठोक्किएको प्रत्यक्ष दर्शीहरुले बताएका छन्।

‘तिब्र गतिमा बजार तिर बाट आएको एम्बुलेन्स एक्कासि बिध्धुत पोलमा ठोक्कियो र पोल जमिनको भिग बाट भाच्चिएर ढल्यो प्रत्यक्ष दर्शी मोहन यादवले भने।’ त्यो समयमा पोलको आसपास कोही नभएकोले मानवीय क्षति भने हुन पाएन यादवले भने।

खबर पाए लगत्तै बिध्धुत कर्मचारी ठाउँमा पुगेर तार काटेर बाटोबाट पोल हटाएर बाटो सुचारु गरेका छन तर बिध्धुत सेवा भने त्यस आसपासका क्षेत्रमा अवरुद्ध भएको छ।

झिगाह गांउ, बुध्ध ज्योति टोल, झिगाह गांउका रोड तिरका घरहरु र रामपुर गाउंमा बिधुत सेवा अवरुद्ध भएको छ।

पोलमा ठोक्किने एम्बुलेन्स बिरामी बोकेर र एम्बुलेन्स बनाउन बजार लैजान्छु भनेर गएको र यो समाचार तयार पर्दा सम्म पनि सम्पर्कमा नआएको बिध्धुत कर्मचारीहरुले बताएका छन्। एम्बुलेन्स बेला तिर गएको बताईएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID