नेकपा माओवादी केन्द्रद्वारा स्वर्गीय कृष्ण बहादुर महराकाे सम्झनामा श्रद्धाञ्जली सभा

तुल बहादुर कवँर मगर

देउखुरी २९ श्रावण। नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गाउँ कमिटी सदस्य कृष्ण बहादुर महराको निधन प्रति दुःख व्यक्त गर्दै उहाँको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीले साेमबार स्वर्गीय महराको निधन भएको १३ औं दिनका दिन उहाँकै निवास राप्ती गाउँपालिका ६ सगरापुरमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको हो ।

महराको हृदयाघातका कारण ४० वर्षको उमेरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचरकै क्रममा गत श्रवण १७ निधन भएको थियो ।

सभा पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता एवम् नेकपा माओवादीले केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कुल प्रसाद केसी”साेनाम”काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे सभामा बोल्दै पूर्व मुख्यमन्त्री केसीले महराको निधन प्रति दु:ख व्यक्त गर्दै उहाँको निधनले सिङ्गो पार्टी पङ्तिलाई अपुरणीय क्षति पुगेको बताउनु भएको थियो।

“राेल्पा छदै उहाँ समाज रुपान्तरणका लागि पार्टी प्रति इमानदारीताका साथ निकै प्रतिबद्ध भएर लाग्नु भएको थियो।”- पूर्व मुख्यमन्त्री केसीले भन्नुभयो -“‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ कार्यकर्ता गुमाएको छ।”

सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला इन्चार्ज गुणेन्द्र घर्ती “विज्ञान”,पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभाकी प्रदेश सभा सदस्य मीना बुढा खड्का ,केन्द्रीय सदस्य तारा घर्ती ,थारु मुक्तिमोर्चाका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष श्यामेस चाैधरी लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभामा स्वर्गीय महराको जीवनीका बारेमा झपेन्द्र खत्रीले प्रकाश पार्नु भएको थियोे।

गाउँपालिका संगठनका पदाधिकारीहरू, पार्टी जनवर्गीय संगठनका प्रमुखहरु लगायत स्थानीयवासीहरुकाे सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन पार्टीका गाउँपालिका संगठन कमिटिका सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID