लमही घोराही सडक खण्ड अवरुद्द, जेसिवी र सुरक्षाकर्मीहरु द्वारा पहिरो हटाउने कार्य जारी ।

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ श्रावण। लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । गए राती देखीपरेको बर्षाले लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्द भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो पहिरो झरेको थियो । यसपाली पनि पानी पर्दा त्यस स्थानमा पहिरो झर्दै आएको छ ।पहिरो पञ्छ्याउने काम चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो हटाउने कार्य भैरहेको र जति सक्दो छिटो बाटो सञ्चालन हुने प्रमुख श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार अहिले जेसिवीसहित सुरक्षाकर्मीहरु पहिरो हटाउन खटिएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID