प्रधानमन्त्री पत्नी सीताको मृत्यु, नर्भिकमा लिईन् अन्तिम साँस   

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको मृत्यु भएको छ।

अवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि विहान लगिएको थियो। अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको थियो।

उपचारमा कुनै खसर बाकी नराखी उपचार गरियो पनि बचाउन सकिएन प्रवक्ता बाँस्तोलाले बताउनुभयो।

नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की जीवनसंगिनी सीता दाहालको आज बिहान ८:३३ बजे असामयिक निधन भएको हो। उहाँको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रको एक नेताले बताउनु भएको छ।

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता हरु अस्पताल पुगेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID