गढवा लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

आलोक भावुक

गढवा १९ असार । दाङको गढवा गाउँपालिकालाई मंगलवार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाले खोपको सबै कार्य पूरा गरेपछि पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।गढवा गाउँपालिकाका ८ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनु भयो

गढवा गाउँपालिकामा जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुको संख्या ५७७ र १६ महिना देखि ५९ महिना सम्मका वालवालिकाहरुको तथ्यांक १ हजार ४ सय ६३ रहेको र खोप अभियानमा ३ जना मात्र खोप लगाउनबाट ड्रपआउट भएको कार्यक्रममा जानकारी गराईएको थियो । सो अवसरमा स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले पुर्णखोप गाउँपालिका घोषणा हुन पार गरेका खोप अभियानका बिभिन्न चरणहरुबारे बिस्तृत जानकारी गराउनु भएको थियो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एवम् दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप कार्य निरन्तर चलिरहने र उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा र प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभयो । पुर्ण खोप सुनिश्चिततामा गढवा गाउँपालिका अगाडि र क्रियाशिल रहेको बताउँदै शर्माले अन्य पालिकाहरुको तुलनामा गढवा गाउँपालिका धेरै अघि रहेको बताउनुभयो। आगामी दिनमा पनि यसरी नै क्रियाशील हुनुपर्ने र पहिलो नम्बरमा आउने लक्ष्य सहितको कार्यक्रम गर्नु पर्ने बताउनु भयो । खोप लिने उमेर समुहका बालबालिका अझै पनि छुटिरहनु दुखद विषय भएको बताउँदै शर्माले समुदाय स्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताउदै गढवाको हरेक ठाउँमा अझ द्रुतगतिमा काम गरे १००% नतिजा आउने बताउनु भयो ।

यस्तै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाले स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताउँदै पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भयो र सबै लाई धन्यवाद समेत दिनु भयो । अध्यक्ष पोख्रेलले स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो रहेको र गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने तर्फ स्वास्थ्य शाखा लागेको र आफु प्रत्यक्षरुपमा अनुगमन गरीरहेको बताउनुभयो।

गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा पालिका स्वास्थ्य चौकी, स्वास्थ्य इकाईका स्वास्थ प्रमुखहरुलाई प्रमुख अतिथि शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाण-पत्र हस्तान्तरण गर्नु भएको थियो। गाउँपालिकाको सबै वडाध्यक्षहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र पुर्ण खोप सुनिस्चिता तथा दिगोपना वडा घोषणा कार्यक्रममा नै प्रदान गरिसकेको  छ ।

कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, जिल्ला स्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत तथा खोप संयोजक किशोर आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवको स्वागत मन्तव्य बाट सुरी भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID