
नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एंव युवा संघ नेपाल दाङका नेता अरुण पुन मगरको नेतृत्वमा करिव ३० जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
अरुण पुन मगर घोराही उपमहानगरपालिकाकाे वडा नम्बर १५ मा गएको स्थानीय चुनावमा वडा अध्यक्षसमेत लडेका थिए। उनलाई YCL Nepal को बैठकको अवसर पारेर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले पार्टी प्रवेश गराएका हुन्।

उक्त प्रवेश कार्यक्रमको पहल YCL Nepal का केन्द्रिय सदस्य नेता हरिश गिरीले गरेका थिए। उक्त कार्यक्रममा YCL Nepal का केन्द्रिय सचिबहरु मनिसा चदरा, प्रबिन वलि, माधब बस्नेतलगायत पार्टीका बिभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




