मेलम्चीमा फेरि उर्लियाे बाढी

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  यसअघि १ असारमा आएको बाढीले तहसनहस बनाएको मेलम्ची क्षेत्रमा फेरि बाढी उर्लिएर आएको छ । मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी उर्लिएको हो ।

यो यसअघिको भन्दा ठूलो बाढी भएको बताइएको छ । शुक्रबार राति साढे ८ बजेपछि मेलम्ची नदीमा झन् ठूलो बाढी आएको बताइएको छ । आज आएको बाढीले एउटा झोलुंगे पुल बगाएको अनुमान गरिएको छ ।

आजको बाढीले थप कति क्षति गरेको छ भन्ने विवरण आइसकेको छैन । तर, यसअघिको बाढीमा नै नदी किनारका सबैलाई सुरक्षित ठाउँमा सारिएकाले मानवीय क्षति नहुने अनुमान गरिएको छ । यसअघि नदी छेउमा भएका घरहरुमा भने फेरि क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

मा प्रकाशित