स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुल्यो 

गणतन्त्रनेपाल समाचारदाता

प्यूठान २९ जेष्ठ । स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जोसीका अनुसार चिप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङ तुल्सीपुर १५ कोठरीका ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षिय छोरा बिशाल पोख्रेल, ९ बर्षका बिकाश पोख्रेल, दाङको लमही नगरपालिका वडा ७ गढवा बस्ने ४० वर्षीय गोबिन्द शाह,उनकी श्रीमती ३० वर्षीय राधा नेपाली, छोरा आदित्य शाह र कार चालक लमही नगरपालिकाका तारा बहादुर कुमालको मृत्यु भएको छ।

स्वर्गद्वारीमा आज भएको जीप दुर्घटनामा परेका आठै जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।

प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा सवार आठ जना कै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID