जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गढवामा कानुनी सचेतना कार्यक्रम

आलोक भावुक

गढवा, २२ जेठ। जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८०को अवसरमा जातिय भेदभाव तथा छुवाछुत नियन्त्रणका लागि आइतबार गढवाको मनिकापुरमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नं.६ मनिकापुर चोकमा सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालय गढवा दाङको आयोजना एंव गढवा गाउँपालिका वडा नं. ४ को दलित महिला सदस्य कौशिल्यादेवी बिस्वकर्माको अध्यक्षता सम्पन्न भएको हो ।

अन्तक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका वडा नम्बर – ४ का महिला वडा सदस्य कौशिल्यादेवी बिस्वकर्माले जातिय भेदभाव तथा छुवाछुत समाजको ठुलो समस्या भएको बताउनुभयो। आजको युगमा पनि मान्छे मान्छे बिचको जातीय बिभेद समाजका लागि हितकारी नहुने बताउनु भयो ।

कार्यक्रम गढवा गाउँपालिका ६ नम्बर वडाका वडा सदस्य गोबिन्द रोका, गढवा गाउँपालिकाका महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्द, भद्रभलादमी र सर्वसाधारण समेतको उपस्थितीमा रहेको थियोे।

इलाका प्रहरी कार्यालय गढवाआ प्रहरी सहायक निरीक्षक राजेश के.सी. को कमाण्डमा टोली खटिई गई जातीय भेदभाव तथा छुवाछुट उन्मुलन सम्बन्धी जनचेतनामुलक कार्यक्रममा प्रशिक्षण दिई अन्तरक्रिया कार्यक्रम गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID