बाढीको धार प्रहरी चौकीतर्फ बढ्दै, आसपासका थप घरहरु जोखिममा

गणतन्त्र नेपाल संवाददाता

मेलम्ची । माथिल्लो भेगमा थप वर्षा भएपछि साँझ पख इन्द्रावती नदीमा पानीको बहाव दिउँसोको भन्दा बढेको छ । नदीमा पानीको सतह बढेसँगै बाढीले तहसनहस बनाएको सिन्धुपाल्चोकको मेलम्चीमा थप घरहरु समेत जोखिममा परेका छन् ।

बाढीको धार मेलम्चीको प्रहरी चौकी रहेको क्षेत्रतर्फ बढेको छ। जसका कारण चौकी आसपासका थप घरहरु जोखिममा परेको प्रहरीले जानकारी दिएको छ । बाढीका कारण रातिसम्म थप केही घरहरु बग्नसक्ने प्रहरीले अनुमान गरेको छ । बाढीले चौकी क्षेत्रका थप केही घर र दुई वटा फर्निचर उद्योगको केही भाग बगाएको छ ।

अहिलेसम्म एक सय घर डुवानमा परेर क्षतिग्रस्त भइसकेको मेलम्ची नगरपालिकाका वडा नम्बर ११ का वडाध्यक्ष रुद्र दुलालले जानकारी दिए । उनका अनुसार अझै सयजति घर जोखिममा छन्।

वडाध्यक्ष दुलालले भने, ‘बाढीले व्यवसायीहरुका घरहरु, खेतिपाती, जग्गा जमिन, तीन वटा झाेलुङ्गे पुल, दुई वटा पक्की पुल बगाएको छ। करिब १०० घर डुबानमा परिसकेका छन्। अझै १०० घर डुवानमा हुने अवस्थामा छन्। हामी सबै विचलित छौँ ।’ भत्किने अवस्थामा पुगेका घरहरुबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले सामान निकाल्न सहयोग गरिरहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID