लगातार वर्षासँगै आएकाे पहिरोमा पुरिएर पाल्पामा एक किशोरको मृत्यु

गणतन्त्र नेपाल संवाददाता

पाल्पा । लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा  हार्थोक प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक नेतृत्वको टोली खटिएको छ ।

 

मा प्रकाशित