गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बैशाख २० गते हुने

आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही वैशाख २० गते बुधबारको दिन हुने भएको छ।

गढवा गाउँपालिकाको सभाहलमा बैशाख २० गते बुधबारका दिन विहान ११ बजे देखि सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिनु भयो ।

चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

गढवा गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० मा गढवा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, सम्पादन गरेका काम कार्वाही र गाउँपालिका संग सम्बन्धित बिविध बिषयमा अर्धवार्षिक तथा दोस्रो चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, इलाका प्रहरी कार्यालय गढवा प्रमुख तथा प्रतिनिधि, गढवाका सम्पूर्ण सामुदायिक तथा निजी क्षेत्रका विध्यालयहरुका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समुहका प्रमुख तथा प्रतिनिधि, बन तथा वातावरण समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, चुरे क्षेत्र संरक्षण विकाश समितिका प्रमुख तथा प्रतिनिधि, पडकापथ सिँचाइ आयोजनाका प्रमुख तथा प्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि, उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सेवाग्राही तथा गढवाबासी आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID