दाङको राप्ती गाउँपालिका द्वारा अग्नी पिडीत लाई नगद सहित अन्य राहत सामाग्री प्रदान

देउखुरी,०९ वैशाख। दाङको राप्ती गाउँपालिकाले अग्नी पीडित एक घरपरिवारलाई राहत प्रदान गरेको छ । आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न सहित अन्य राहतका सामग्री प्रदान गरेको हो ।

आगलागीबाट विस्थापित परिवारलाई नगद १० हजार रुपैया सहित चामल, नुन,तेल ,दाल,भाडाकुडा ,बल्याङकेट र त्रिपाल प्रदान गरेको जनाएको छ । राहत सामग्री गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी र सचिव हरि प्रसाद भुसाल तत्कालै पीडितकाे घरैमा पुगेर प्रदान गर्नु भएको हाे।

दिउँसो करिब साढे बाह्र बजे विद्युत सर्ट भई लागेको आगोले ओलीको अन्दाजी ५ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्रीले जानकारी दिनु भएको छ।राहत प्रदान पछि गाउँपालिकाका अध्यक्ष विष्टले गर्मीयामकाे समय शुरुआत भए सँगै आगलागीका घटनाहरु दिन प्रति दिन बढ्न सक्ने भएकाले त्यस्ता घटना राेक्नका लागि सबैले विशेष ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै उहाँले पिडीत घरपरिवारलाई थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताउनु भएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *