गढवाका सहकारीहरुलाई पालिकाद्वारा कोपोमिस तालिम

आलोक भावुक
गढवा, ७ बैशाख । दाङको गढवा गाउँपालिका सहकारी शाखाले तीन दिने कोपोमिस तालिम संचालन गरेको छ ।
तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीकोले कोपोमिस तालिम पश्चात सहकारी संस्थाहरुमा देखिदै आएको समस्या केही हद सम्म भएपनि कम हुने र सहकारीहरुको कार्य सम्पादन सहज हुने बताउनु भयो।
कोपोमिस तालिम आफैमा एकदमै महत्वपूर्ण तालिम भएको भन्दै गढवाका सहकारी संस्थाहरु प्रविधि युक्त भए सञ्चालनमा ठुलो सहयोग पुग्ने बताउनु भयो। तालिमबाट सहकारी संस्थाको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने उपाध्यक्ष चौधरीले बताउनुभयो ।
साथै सम्पुर्ण प्रसिक्षार्थि लाइ ध्यान पुर्ण तालिममा सहभागी भइ यस अबसरको फाइदा लिन समेत अनुरोध समेत गर्नु भयो। त्यसैगरी तिन दिने कोपोमिस तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका शहकारी शाखा प्रमुख अशोक कुमार यादवले तालिम बाट सहकारी गरिवी सूचना व्यवस्थापन प्रणाली बाट सहकारीहरु लाई नियमन गर्न तथा सूचना प्रवाह गर्न टेवा पुग्ने बताउनुभयो।
साथै तालिमले सहकारी संस्था भित्र सुशासन कायम गर् थप सहयोग पुग्ने बताउनु भयो। तालिममा गढवा गाउँपालिकामा क्रियाशील सहकारीहरु मध्येबाट २५ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको शाखाले जनाएको छ। तालिममाको उद्घाटन सत्रमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,सात नम्बर वडा सदस्य रेखा थापा,रोजगार शाखाका सत्यपाल यादव लगाएतको उपस्थिति रहेको थियो। तालिमको प्रशिक्षकमा दिल कुमार वली रहनु भएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID