बैशाख ११ मा दोस्रो पटक विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।

राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका। दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले संविधानको धारा १६८(३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताए ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री गिरीले बहुमत गुमाइसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID