कक्षा आठको नतिजा सन्तोषजनक नआएको भन्दै गढवामा समिक्षा बैठक 

शैक्षिक सुधारका लागि टोलटोलमा अभिभावक समूह गठन गर्ने

आलोक भावुक

गढवा,१ बैशाख । कक्षा आठको नतिजा सोचे जस्तो नआएको भन्दै गढवा गाउँपालिका शिक्षा शाखाले पालिका स्तरीय प्रधानाध्यापकहरु संग विहिवार समिक्षा बैठक गरेको छ ।

गढवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा २०७९ को कक्षा – ८ को वार्षिक परिक्षाफल सार्वजनिक भएपछी सन्तोषजनक नतिजा नआएको भन्दै गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको अध्यक्षतामा बसेको बैठकमा पालिका भरीका प्रधानाध्यापकहरु संग विहिवार समिक्षा तथा छलफल गरेको छ । बैठकमा गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको समेत उपस्थिति रहेको थियो।

गढवा गाउँपालिकामा सामुदायिक विद्यालयका १४ र संस्थागत ७ ओटा गरी २१ बिध्यालयका बिध्यार्थी कक्षा ८ को परीक्षा सामेल भएका थिए। जस मध्ये ७ सय ४३ विध्यार्थी सामुदायिक र २ सय ७ बिध्यार्थी संस्थागत विध्यालयको तर्फ बाट कक्षाआठको बार्षिक परिक्षामा समाबेस भएको गढवा गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ।

जस मध्ये सामुदायिक विद्यालयतर्फ ९ प्रतिशत र संस्थागत विध्यालयतर्फको ५४ प्रतिशत बिध्यार्थी मात्र उतिर्ण भएका छन् ।१४ सामुदायिक विध्यालयहरु मध्ये ४ ओटा सामुदायिक विद्यालयहरुको शुन्य नतिजा आएको छ । नाम चलेका सामुदायिक विध्यालयहरुको शुन्य नतिजा र केही का १ र २ जना विध्यार्थी मात्र उतिर्ण गराउन सफल भएको भन्दै सामाजिक सञ्जालमा शिक्षकहरुको ठुलो आलोचना भैरहेको छ। तर प्रधानाध्यापक बैठकमा प्रधानााध्यापकहरुले भने परिक्षाफलको जिम्मेदार आफुहरु मात्र नभई अभिभावक पनि भएको बताएका छन्। पटक पटक अभिभावक लाई विध्यालय बोलाउदा नआउने, विध्यार्थी लाई डर धम्की देखाउदा पिटेको आरोप लगाउने, घरमा आफ्नो बच्चाले के गरिरहेको छ भनेर ख्याल नगर्ने, मोबाइलको लत जस्ता समस्याले विध्यार्थीको नतिजा सन्तोषजनक नआएको बताएका छन्। अभिभावकले साथ सहयोग, निगरानी नगरे सम्म शिक्षकहरले मात्र विध्यार्थीको पढाई सुधार्न ठुलो चुनौती हुने बताएका छन् । त्यसैगरी सामाजिक सञ्जालमा शिक्षकहरु माथी लक्षित गरी केही पत्रकार लगाएतका व्यक्तिहरुले गरेको कमेन्ट दुखद, अमर्यादित, गैर जिम्मेवार भएको आलोोचना समेत गरेका छन्।

नतिजा सार्वजनिक भएको केही समयमै विध्यालयको नाम, विध्यार्थी संख्या र उतिर्ण संख्या सहितको लिस्ट सामाजिक सञ्जालमा भाईरल भएको थियो। भाईरल भएपछी विभिन्न किसिकमको टिका टिप्पणी सुरु भएको छ। सामाजिक सञ्जालमा शिक्षा शाखा, शिक्षक र विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत माथी चर्को आलोचना समेत भैरहेको छ।

बैठकमा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कक्षा आठको नतिजा बाट सम्पूर्ण विध्यालयहरुले ठुलो पाठ सिक्नु पर्ने बताउनु भयो। कोरोनाकालको समयलाई बहाना बनाई पन्छिन नमिल्ने भन्दै आगामी दिनमा भएको कमीकम्जोरी लाई सुधार गर्दै आगामी दिनमा राम्रो नतिजा ल्याउने तर्फ एकजुट भई लाग्न अनुरोध समेत गर्नु भयो। गढवाको  कक्षा आठको नतिजा अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको तर गढवा मात्र नभई अन्य विध्यालयको पनि नतिजा लगभग उस्तै भएको हुन सक्ने बताउनुभयो। यो नतिजा बाट हामी आत्तिनु हुदैन आगामी दिनमा सुधारका लागि गर्न सक्ने हरसम्भव कोशिस गर्नै पर्ने बताउनु भयो।

समिक्षा कार्यक्रममा बिभिन्न विध्यालयका प्रधानाध्यापकहरुले आ-आफ्नो बिचार, नतिजा शुन्य आउनुको कारण लगाएतको बिषयमा बिचार राख्नु भएकाे थियोे । साथै आगामी दिनमा नतिजा सुधारका बारेमा जनप्रतिनिधि,शिक्षा शाखा र प्रधानाध्यापक सहितको टिमले महत्वपूर्ण निर्णयहरु समेत गरेको जनाएको छ।

सम्पन्न शिक्षा शाखाको समिक्षा बैठकले सम्पन्न बैठकले कक्षा आठको नतिजा एकदमै कमजोर देखिएकाले शैक्षिक सत्र २०८०मा गुणस्तर सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम टोलटोलमा सञ्चालन गर्ने, विध्यार्थी उत्प्रेरणा कार्यक्रम लागु गर्ने, विध्यार्थी शैक्षिक सहयोग कार्यक्रम (अतिरिक्त कक्षा सञ्चालन गर्ने), गढवा गाउँपालिकाको टोलटोलमा अभिभावक समूह गठन गर्ने जस्ता निर्णय गरेको शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले जानकारी दिनु भयो ।

साथै सोही अवसरमा अनिवार्य अवकाश शिक्षक तुलसीराम भुसाल लाई बिदाई गरिएको छ । भुसाल जनता माध्यमिक विद्यालय गढवामा २३ बर्ष र सर्वोदय प्रथामिक विध्यालय गढवामा १० बर्ष अध्यापन गराउनु भएको थियो। बिक्रम् सम्बत् २०४६ बैशाख ८ गतेदेखी २०७९ चैत्र १९ गते सम्मा शिक्षण पेशामा रही सेवा गर्ने अवसर आफ्नो लागि ठुलो उपलब्धि भएको बताउनुभयो।

मा प्रकाशित