राप्ती गाउँपालिकाले आयोजनामा बिहीबारदेखि एकीकृत घुम्ती शिविर शुरु

तुल बहादुर कवँर मगर

मसुरियाँ,१६ चैत। दाङको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर शुरु गरेको छ ।

सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी  गरेको हो ।

गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ ।

“सर्वसाधारणहरुलाई सेवा लिनका लागि गाउँपालिका कार्यलय सम्म आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत एकीकृत सेवा उपलब्ध गराउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

शिविर पालिकाकाे सबै वडामा आयोजना हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार चैत १७ गते वडा नम्बर ८ काे वडा कार्यलय ,१८ गते वडा नम्बर ८ काे वडा कार्यलय , १९ गते वडा नम्बर ७ काे वडा कार्यलय , २० गते वडा नम्बर ६ काे वडा कार्यलय ,२१ गते वडा नम्बर ५ काे वडा कार्यलय ,२२ गते वडा नम्बर ४ काे वडा कार्यलय,२३ गते वडा नम्बर ३ काे वडा कार्यलय,२४ गते वडा नम्बर २ काे वडा कार्यलय र २६ गते वडा नम्बर १ काे वडा कार्यलयमा शिविरको आयोजना गरिएको छ।

शिविरमा जेष्ठ नागरिक परिचयपत्र ,अपाङ्ग परिचयपत्र र गरिब घरधुरी परिचयपत्र वितरण गरिने गरिब घरधुरी परिचयपत्र वितरण कार्यका संयाेजक बालचन्द्र गुरुङले जानकारी दिनुभएको छ।

आज शिविरकाे पहिलो दिन ३५ घरपरिवार लाई गरिब घरधुरी परिचयपत्र वितरण गरिएको संयाेजक गुरुङले जानकारी दिनुभएको छ।

त्यस्तै दुई जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र र २३ जना लाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भएको छ।

शिविरमा सहभागीहरूकाे प्रस्तावित भालुवाङ्ग अस्पतालका डाक्टर मनिष कुमार यादव द्वारा स्वास्थ्य परिक्षण समेत गर्नु भएको थियोे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID