गढवामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने

आलोक भावुक

गढवा, १५ चैत। दाङको गढवा गाउँपालिकामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं ,तिलगंगा शल्यक्रिया आँखा केन्द्रको प्राविधिक सहयोग र गढवा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन हुन लागिएको हो ।

गढवा गाउँपालिका वडा नम्बर १ को जेठानगांउ स्वास्थ्य चौकीमा यही चैत १७ गते शुक्रबार र गढवा गाउँपालिकाको कार्यालयको सभाहलमा यही चैत १८ गते शनिवार आँखाको चेकजाँच गरिने गढवा गाउँपालिकाका नाएको छ । शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

विभिन्न स्थानमा आर्थिक अभावमा कारण आँखा उपचारबाट बन्चित भएका पालिकाबासीहरुका लागि निशुल्क आँखा उपचार गर्ने उद्येश्यले साे शिविर संचालन गर्न लगिएकाे गाउँ पालिकाका यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

त्यस्तै उहाँले गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुने र उनीहरूकाे स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार उक्त दुई स्थानमा छनौट भएका मोतिबिन्दुका विरामिहरुको तिलगंगा सर्जिकल आँखा उपचार केन्द्र सिसहनियामा २०७९ चैत २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं बाट आउनु हुने बरिष्ठ नेत्र राेग विशेषज्ञ टोलि द्वारा नि:शुल्क सल्यक्रिया गरिनेछ ।

गढवा गाउँपालिकाले यस भन्दा पहिले पनि नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत २ हजार ६ सय २९ जना आँखाका बिरामीहरूलाई निशुल्क चस्मा र औषधि वितरण गरिसकेको छ भने २ सय ६० जना मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भएको गढवा गाउँपालिकाले जनाएको छ ।

निशुल्क आँखा उपचार शिविरमा सहभागि भई लाभ लिन गाउँ पालिकाले सम्पूर्ण गाउंपालिकाबासीलाई आग्रह समेत गरेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID