गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन

आलोक भावुक

गढवा, १३ चैत। गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास तथा पूर्वधार मञ्त्री  इन्द्रजित थारुको प्रमुख आतिथ्यत तथा
पूर्व संविधान सभा सदस्य रस्मीराज नेपालीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।
शैक्षिक सम्मेलन लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले शैक्षिक उपलव्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु  भएको छ । मन्त्री थारुले शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन महत्वपूर्ण हुने बताउनु भयो ।


स्थानीय सरकार सञ्चालन ऐन भित्र २३ वटा शिक्षा क्षेत्र संग सम्बन्धित अधिकार कार्यान्वयन गर्नका लागि दिइएको छ तर त्यो कार्यान्वयन गरेर जाने बेलामा कतै शिक्षकहरुले आन्दोलन गर्ने, कतै विध्यालयहरुले आन्दोलन गर्ने, यि यावत कुरा हरु देख्दा स्थानीय सरकारले जसरी शिक्षामा सुधार ल्याउन खोज्दै छ अथवा सुधारको आवश्यकता महसुस गरिराखेको छ तर हामीले त्यो कुरा लाइ कसरी ग्रहण गर्ने भन्ने बिषय अन्योल भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल गढवा गाउँपालिकाले सुझाबको आधारमा आगामी गाउँसभाबाट शिक्षा ऐन, नियमावली तथा कार्यबिधी बनाएर शैक्षिक सुधारका बृहत्तर कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । हाल स्थानीय पठ्यक्रम लागु गर्न बिभिन्न चरणका कामहरु पुरा गरिसकेको र स्वयंसेवक शिक्षक परिचालन कार्यबिधि बनाएर स्वयंसेवक शिक्षकहरुको नियुक्ती तथा बिद्यालय दरबन्दि मिलानको काम गरिसकेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।शैक्षिक सम्मेलनले शैक्षिक उपलव्धि प्राप्तिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। गढवा गाउँपालिकाले गाउँपालिका पालिका स्तरीय बृहत शैक्षिक सम्मेलनको आयोजना गरेको हो। गढवा गाउँपालिकाको शिक्षा क्षेत्रमा दैखिएका समस्याहरुको पहिचान गरी निराकरण गर्नका लागि ठोस कदम चाल्ने बताउनु भयो। पहिलो नम्बरमा समस्या पहिचान गर्ने र त्यसलाई समाधान कसरी गर्न सकिन्छ भन्ने बारे बिशेष छलफल गर्ने बताउनु भयो ।वर्तमान अवस्थामा सरकारी विध्यालयहरुमा विध्यार्थी संख्या एकदमै कम हूदै गैरहेको र नतिजा पनि चिन्ताजनक रहेको बताउनुभयो।

शिक्षाविद तथा प्रध्यापक डाक्टर विध्यानाथ कोइरालाले सामुदायिक विध्यालयको शिक्षा खराब हुनुमा पहिलो दोषी शिक्षक नै भएको बताउनुभयो। उहाँले शिक्षकले आफ्नो व्यवहार सुधार गरे शैक्षिक सुधार हुने बताउनु भयो ।
शैक्षिक सम्मेलन कार्यक्रममा उपस्थिति सबै बाट समुहगत रुपमा शैक्षिक सुधारका लागि, र शिक्षामा गरकन सकिने कामकाज, लगायतको बारेमा लिखित सुझाव दिनु भएको थियो।
शैक्षिक सम्मेलन कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा गाउँपालिका पूर्व अध्यक्ष सहजराम यादव, शिक्षाविद् डाक्टर बिध्यानाथ कोइराला, प्रशिक्षकमा कमल सिलवाल र प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, अरुण सुबेदी, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, गढवामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, बुध्दिजिवि र शिक्षा प्रेमी, गढवा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, गाउँ शिक्षा समितिका पदाधिकारीहरु, गढवा गाउँपालिका शिक्षक महासंघ/पेशागत घटकका पदाधिकारीहरु, विभिन्न विध्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक तथा संस्थागत विध्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पूर्व शिक्षक पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो।
गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विषय प्रवेश तथा अवधारणा पत्र प्रस्तुत गर्दै गढवा गाउँपालिका शिक्षा सुधारमा सुरुवाती अवस्था देखी नै सुधारका लागि पहल गरेको बताउनु भयो ।यस अघि पनि शिक्षाविद डाक्टर बिध्यानाथ कोइराला र ज्ञानोद्य माध्यमिक विद्यालयका प्रधानाध्यापक धनन्जय शर्मा र ‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तगर्त व्याख्याकार नारायण सिग्देल आमन्त्रित गरी अभिमुखिकरण गोष्टी सञ्चालन गरिसकेको बताउनुभयो। साथै बिक्रम् सम्बत् २०५२ साल पछी राज्यले शिक्षक दरबन्दीको सृजना नगर्दा अस्तब्यस्ततालाई न्युनिकरण गर्न गढवा गाउँपालिकाले अनुदान स्वयंसेवक शिक्षकको व्यवस्था गरी कक्षा १० सम्म निशुल्क शिक्षाको व्यवस्था गरिएको बताउनु भयो।


सूचना प्रविधिको पहुँच सबै विध्यालयमा पुर्याउने निति अविलम्ब गरिएको, वायोमेट्रिक हाजिरी प्रणालीको कार्वान्वयन गरिएको, गाउँपालिका भित्रका एक विध्यालयलाई नमुना विध्यालयको रुपमा विकास गर्ने निति अवलम्बन गरिएको लगायतकाको अवधारणा पत्रमा उल्लेख गरिएको सार्वजनिक गर्नु भयो। साथै उत्कृष्ट शिक्षक तथा विध्यालय लाई सम्मान कार्यक्रममाको थालनी गरेको, शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षक आपूर्ति तथा प्रधानाध्यापक व्यवस्थापनमा पहल गरिएको, शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयनमा ल्याएको, कक्षा कोठाको क्रियाकलापलाई थप व्यवस्थीत बनाउन शैक्षिक डायरीको ब्यवस्थापन गरेको लगायतको उपलब्धि भएको सार्वजनिक गर्नु भयो।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।

मा प्रकाशित