नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले दियाे बिद्यार्थीलाई बित्तीय साक्षरता

गणतन्त्रनेपाल समाचारदाता

लमही, ९ चैत। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले आज बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लमही नगरपालिका वार्ड न ५ कोलहीमा रहेको रोजि बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर आज बिहिबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाका शाखा प्रबन्धक छबिलाल भण्डारीले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका करिब पचास जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ । आफ्नाे विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकाेमा विद्यालयका प्रधानाध्यापक राज कुमार यादबले नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अप्रेसन इन्चार्ज मधु सुदन भट्टराई ले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मनिष सेढाई ले गर्नु भएको थियो भने अन्य बैन्किङ सम्बन्धि थप जानकारी बैंकका कर्मचारी नुमलाल गोराथोकीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID