घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कलाकार आउँदै

घोराही, ७ चैत । दाङको घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कालाकार आउँने भएका छन् । राष्ट्रका लागि संगीत अभियात्रा अन्तर्गत जनवादी गायक शर्मासहितका कलाकारहरु घोराही आउने भएका हुन् ।
संगीत अभियात्राको आयोजनामा यही चैत १० गते घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक प्रस्तुतिका लागि शर्मासहितका १८ जना कलाकार दाङ आउन लागेका हुन् ।

कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, केशरी घर्तीमगर, उदय रिजाल, लक्ष्मण पाखीन नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरको सांगीतिक प्रस्तुति रहने भएको छ ।

उक्त कार्यक्रममा प्रवेश निःशुक रहेको छ भने कार्यक्रममा सहभागित भइदिन सबैलाई अनुरोध गरिएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *