गढवा बहुमुखी क्याम्पसमा समाजवादीका यादव विजयी

गढवा, ६ चैत। गढवा बहुमुखी क्याम्पस गढवामामा सोमवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (समाजवादी)का इबराज यादव सभापतिमा पदमा निर्वाचित हुनुभएको छ।

यादवले १ सय १३ मत मध्ये ६३ मत ल्याई निर्वाचित हुनु भएको छ । सभापति पदका उम्मेदवार अनेरास्ववियु क्रान्तिकारीका गोबिन्द प्रसाद यादव ४१ मत र अनेरास्ववियु क्रान्तिकारी छैठौका बिशाल यादव ४ मत प्राप्त गर्नुभएको थियो।

 

त्यसैगरी सचिवमा स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु (समाजवादी)की पुष्पा खड्का ७० मत ल्याई निर्वाचित हुनुभएको छ। उहाँको निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियु छैठौकी पुष्पा धिताल ३८ मत प्राप्त गर्नुभएको थियो।

 

त्यसैगरी कोषाध्यक्ष पदमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका ओम प्रकाश यादव ७९ मत ल्याई विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका सुदिप बुढाथोकी ३१ मत प्राप्त गर्नुभएको थियो।

त्यसैगरी उपसभापतिमा र सह सचिवमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका शिव नेपाली र हेम ब. घर्ति लाई सर्व सर्वसम्मत रुपमा चयन गर्ने स्रोतले बताएको छ।

त्यसैगरी सदस्यहरुमा मनिशा उपाध्याय, यमुना सुबेदी र टिका चौधरी लाई चयन गरेको छ।

त्यसैगरी समानुपातिकतर्फ नेपाल विध्यार्थी संघ मत ९०, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन १३ मत र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) ७ मत परेको छ।

गढवा बहुमुखी क्याम्पस गढवामा कुल लगभग ६३ प्रतिशत मतदान भएको छ। कुल मतदाता संख्या १ सय ७९ मध्ये १सय १३ मत खसेको थियो भने ३ मत बदर भएको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिनु भयो। नव निर्वाचित पदाधिकारीहरुको सफत ग्रहण कार्यक्रम २०७९ चैत्र ७ गते मंगलवार गर्ने क्याम्पस स्रोतले बताएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *