
लमही, ३ चैत । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्री स्थित कर्री सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन:चौथौ कार्यकालका लागि सर्बसहमतीबाट किशोर कुमार घर्ती मगर चुनिनु भएको छ ।
समुहको २२ औं साधारण सभाले घर्तीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा देवा वाली,सचिवमा छोटकनिया चौधरी,कोषाध्यक्ष हरिराम चौधरी, सहसचिव पबित्रा घर्ती,सदस्यहरुमा जिवे कामी, दिलकुमारी पुन मगर,बासुदेबी चौधरी,धनबहादुर पुन मगर,उर्मिला चौधरी र मन्साराम यादव चयन हुनु भएको छ ।
त्यसैगरी समुहको सल्लहाकारमा रणबहादुर घर्ती मगर,अनन्तराम चौधरी र खोजीराम चौधरीलाई सर्वसम्मत चयन गरिएको समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।
यस्तै अध्यक्ष घर्तीले कर्री सामुदायिक वनलाई राज्यको निति अनुसार दिगो वन व्यवस्थापनमा परिणत गरेर वनको संरक्षण संवर्धन तथा स्तर उन्नतिमा परिवर्तन गर्दै उपभोक्ताको हितकामा आफ्नो टिमले काम गर्ने बताउनु भएको छ ।
