नेकपाले बुझायो घोराही उपमहानगरलाई ज्ञापनपत्र, यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ ?

गणतन्त्रनेपाल समाचारदाता

घोराही, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले स्थानीय जनताको जनगुनासो र समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

 

कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीले जनताका जनजीविकासँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र यातायात,विद्युत, खानेपानी, उद्योग, व्यापार र वित्तीय लगायतका समसामयिक विषयमा रहेका माग सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले नेपाल कम्युनिस्ट पार्टीले जनतासँग सरोकार राख्ने धेरै विषयको माग राखेको भन्दै त्यसमा कतिपय आफूहरूले गरिरहेको कामहरुमा सुधार ल्याउनुपर्ने र कतिपय कुरा केन्द्र सरकार, प्रदेश सरकार सम्बोधन गर्नुपर्ने भएको बताए ।

उनले यी मागहरुलाई आफूहरूको स्रोत, साधन र जनशक्तिले भ्याएसम्म नगरको तर्फबाट काम गर्दै अगाडि बढ्ने र संघ, प्रदेशले गर्नुपर्ने कामहरुलाई पनि नगरबाटै सिफारिस र सम्बन्धित निकायलाई झकझक्याउने समेत उद्घोष गरे ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सी लगायत

पार्टीका जनवर्गीय संगठन अध्यक्ष, संयोजक लगायतको उपस्थिति रहेको थियो ।

पार्टीका पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सीले कार्यक्रमको बारेमा जानकारी दिँदै ज्ञापनपत्र बाचन गरेका थिए ।

यस्तो छ, नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले घोराही उपमहानगरलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ :

मा प्रकाशित