दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा स्तरीय खेलकुद प्रतियोगिता शुरु

तुल बहादुर कवँर मगर

सिसहनियाँ,२१ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबार देखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा शुरु भएको छ।

खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे।वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष देव प्रसाद चाैधरीले जानकारी दिनु भएको छ।कार्यक्रममा फुटबल ,क्रिकेट ,महिला रिले दाैड खेलहरु समावेश गरिएको छ।साे खेलकुद प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने बताएको छ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विष्टले स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलकाे माध्यम बाट प्राेत्सान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले खेलकाे आयाेजना गरिएको बताउनु भयो।त्यस्तै उहाँले खेलाडीहरुकाे मुख्य पाटाे अनुशासन पनि भएको बताउँदै अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरू लाई आग्रह गर्नु भएकाे छ ।

कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ५का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा वडा नम्बर ५ का वडा सदस्य भुपलाल थापा मगर,सीता समाल मगर ,सावित्रा देवी दमाई ,खेल संयाेजक बिनाेद कुमार गुप्ता खेल प्रशिक्षक रमेश कडेल,लक्ष्मी नारायण चाैधरी,विभिन्न टाेल विकास संस्थाका अध्यक्षहरु लगायतकाे सहभागीता रहेको थियो ।

वडा सदस्य गाेविन्द बहादुर कवरकाे स्वागत मनतव्य बाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव कल्पना खनालले गर्नु भएको थियोे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID