गढवा गाउँपालिकामा स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि पालिका स्तरीय अभिमुखिकरण तालिम सम्पन्न

आलोक भावुक

गढवा, १८ फागुन । स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि जनप्रतिनिधि लगाएत सरोकारवालाहरु लाई पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम विहिवार गढवामा सम्पन्न भएको छ ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रम अपाङ्गता संग सम्बन्धित रहेको चर्चा गरिएको थियो। समाजमा अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापनाका लागि पहल गर्न के गर्न सकिन्छ त्यसको बारेमा छलफल गरिएको हो। नेपालमा स्वास्थ्य क्षेत्रमा छुट्याइने जम्मा बजेट्ओ ०.२% पुनर्स्थापनाका लागि र बाँकी ९५ बैदेशिक सहयोग बाट हुने गरेको पाइएको छ। बिक्रम् सम्बत् २०६८ का अनुसार नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुको संख्या १.९४ प्रतिशत अर्थात् ५लाख १३ हजार ३सय २१ जना रहेको तथ्याङ्क रहेको छ।

कार्यक्रममा अपाङ्गताका प्रकार, सम्बोधन गर्न शब्द, अवस्था (क्रियात्मक सिमितताहरु) को बारेमा छलफल गरिएको थियो। साथै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र सरकारी पक्षबाट पाउने सेवा सुविधाको बारेमा चर्चा गरिएको थियो।

अभिमुखिकरण कार्यक्रमा गढवा गाउँपालिका ४नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी र ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, कार्यपालिका सदस्य रमा भण्डारी, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी, गढवा गाउँपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख सञ्जित पौडेल, भरत पन्त लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजीकरण बिमला नेपालले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID