बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउँछौ : पालिका अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, १५ फागुन। बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ । बडका पथ सिँचाई खाद्य अधिकार समुह गढवाका-७ चन्दनपुरले आयोजक गरेको भेला लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।

गढवा गाउँपालिकाको सबै भन्दा ठुलो आयोजनाको रुपमा रहेको बडका पथ सिचाई आयोजनाको अधिकांश ठाउँमा रहेको बिबादित ठाउँको बिबाद छलफल बाट टुङ्गो लगाएको बताउदै अध्यक्ष पोख्रेलले अब बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्याउने धेरै समस्या नरहेको बताउनुभयो।

बडका पथ सिचाई आयोजनाको पानी गढवा ७ चन्दनपुर सम्म पुगे कृषिमा आर्थिक क्रान्ति हुने बिस्वास आफ्नो रहेको बताउदै पानी ल्याउने तर्फ पालिका क्रियाशील रहेको बताउनुभयो।

कुलो निर्माणको लागि पर्याप्त जमिन नहुंदा परियोजनाको काम अलपत्र परेको बताउदै अब भने अधिकांश ठाउँमा सहमति भैसकेको बताउनु भयो।

भेलालाई सम्बोधन गर्दै गढवा गाउँपालिका वडा नम्बर – ७का वडा अध्यक्ष राहुलदेव चौधरीले पुर्वजहरुले जहन खेती बाट मनग्गे आम्दानी गरेको बताउंदै हाल पानीको सुविधा नहुंदा कृषि गरेर जिविकोपार्जन गर्छु भन्ने अवस्था नरहेकोले बताउदै तत्काल बडका पथ सिँचाई आयोजना आउन आवश्यक रहेको बताउनुभयो।

बडका पथ सिचाई आयोजनाका लागि सात नम्बर वडामा आवशक पर्ने सम्पूर्ण सहयोग वडाले गर्ने बताउदै पानी ल्याउने तर्फ सबै लाग्न सम्बन्धीत सरोकारवाला निकायलाई अनुरोध गर्नु भयो ।

भेला बडका पथ सिचाई खाद्य अधिकार समुह गढवाका-७ चन्दनपुरका अध्यक्ष उमाकन्त डाँगीको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा बडका पथ परियोजनाका प्रमुख रघुन्नदन चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

भेलामा बडका पथ सिचाई आयोजनाका इन्जिनियर छविलाल कुँवर, बडका पथ मुल समितिका सदस्य हुमाकान्त सुबेदी, सुरेश गौतम लगाएतको उपस्थिति रहेको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID