गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालद्वारा ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्दै

आलोक भावुक

गढवा, १३ फागुन । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर ५ दिने लेखा तथा पल्स वित्तीय बिश्लेशण तालिम सञ्चालन गर्ने निर्णय गरेको सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो।

साथै गढवा गाउँपालिकाले सञ्चालन गर्न लागेको कोपोमिस तालिममा गढवा गाउँपालिका भित्र रहेका सबै क्रियाशील सहकारी संस्थाहरु लाई सहभागी गराउका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष गहतराजले बताउनुभयो।

बैठकमा सह सचिव रेखा थापा, कोषाध्यक्ष अशोक केसी, सदस्यहरुमा दामोदर ढुङगाना, रिना कुमारी चौधरी, कमल कुमारी कुमाल, सल्लाहकारहरुमा हेम राज अधिकारी, तुला बहादुर सिंह ठकुरी र प्रेस सल्लाहकार उमानाथ यादवको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID