माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिको बैठक सम्पन्न

आलोक भावुक

गढवा, १३फागुन ।नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ।

माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त न्याेपाने काे प्रमुख अतिथि सम्पन्न भएको हो ।

सम्पन्न बैठकले यही फागुन १५ गते देखि ६ नम्बर वडा देखी बैचारिक, राजनितिक, संगठनात्मक अभियान सुरुवात गर्ने निर्णय गरेको छ । बैठकले पार्टी समिटिहरुमा राजनीतिक तथा बैचारिक प्रशिक्षण चलाउने, जनभेला तथा जनप्रशिक्षण गर्ने, शहिद, बेपत्ता परिवार र घाइते, अपांङ्गता भएका व्यक्तिहरु संग प्रत्यक्ष अन्तरक्रिया गर्ने लगाएतको काम अभियान मार्फत गर्ने माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ ।

‘सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण गराैजजन न सम्बन्ध सुदृढीकरण गर्दै शक्तिसालि पार्टि निर्माण गराै’ भन्ने मुख्य नाराका साथ अभियानमा जाने बताइएको छ।

बोठकमा गाउँपालिका कमिटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने। कार्यक्रममा यमनारायण शर्मा पोख्रेल, हरीभगत चौधरी, बिरेन्द्र कुमार चौधरी, महेश अधिकारी, कैलाश चौधरी लगाएतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण तिलक घिमिरेले गर्नु भएको थियो

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID