मन्त्री र प्रमुख जिल्ला अधिकारीद्वारा राप्तीकाे दाेलई खाेलाकाे अनुगमन

सिसहनियाँ,९ फाल्गुन ।राप्ती गाउँपालिका स्थित दाेलई खाेलाकाे मंगलबार अनुगमन गरिएको छ।

दाङ जिल्ला विपत व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी सुशील वैधकाे नेतृत्व र लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चाैधरी विशेष उपस्थितिमा साे खाेलाकाे अनुगमन गरिएको हाे।अनुमान पश्चात् मन्त्री चाैधरीले यस क्षेत्रीको डुबानकाे समस्या समाधान गर्नका लागि आफुले विशेष पहल गर्ने बताउनु भएको छ।

वर्षातकाे समयमा पालिकाकाे वडा नम्बर ४,५ र ८ का धेरै जसाे गाउँहरुमा डुवानकाे समस्या रहेकाले त्यसको समाधान खाेज्ने उदेश्यले खाेलाकाे अनुगमन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ।

साे अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा ,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी,दाङ जिल्ला प्रहरी प्रमुख वीर बहादुर ओली,जिल्ला समन्वय अधिकारी माेहन सुवेदी ,जिल्ला अनुसन्धान कार्यलय दाङका प्रमुख केशव न्याैपाने,वडा नम्बर चारका वडा अध्यक्ष वीर बहादुर चाैधरी,पाँचका अध्यक्ष देव प्रसाद चाैधरी,आठका अध्यक्ष चन्द्रबहादुर गुरुङ ,प्रहरी चाैकी सिसहनियाका प्रमुख जीवन केसी,गाउँकार्यपालिका सदस्य रण बहादुर पुजाली,राप्ती गाउँपालिकाकाे विपत व्यवस्थापन शाखाका शाखा प्रमुख सुवास भट्टराई ,समाजसेवी तथा राजनैनिककर्मी खिम बहादुर केसी लगायत स्थानीय बासीहरुकाे सहभागीता रहेकाे थियो ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *