सात मन्त्रीकाे शपथपछि २५ सदस्यीय मन्त्रिपरिषद्ले पायो पूर्णता

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीबार अपरान्ह आयोजित कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन् । मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले आज ७ जनालाई थप गरेका छन् ।

आफुसँग रहेका मन्त्रालयमध्ये गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापालाई नियुक्त गरिएको छ ।

सात मन्त्री आजकाे शपथसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । पूर्णता पाएपछि यस्तो बन्यो मन्त्रिपरिषद् :

केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा

विष्णुप्रसाद पौडेल : उपप्रधानमन्त्री अर्थ

रघुबीर महासेठ : उपप्रधानमन्त्री परराष्ट्र

राजेन्द्र महतो : उपप्रधानमन्त्री शहरी विकास

खगराज अधिकारी : मन्त्री गृह

शरतसिंह भण्डारी : मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई

कृष्णगोपाल श्रेष्ठ : मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

अनिलकुमार झा : मन्त्री खानेपानी

शेरबहादुर तामाङ : मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

राजकिशोर यादव मन्त्री : उद्योग, बाणिज्य तथा आपूर्ति

लक्ष्मणलाल कर्ण : मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

बसन्तकुमार नेम्वाङ : मन्त्री भौतिक पूर्वाधार तथा यातायात

लिलानाथ श्रेष्ठ : मन्त्री कानून, न्याय तथा संसदीय मामिला

नैनकला थापा : मन्त्री सञ्चार तथा सूचना प्रविधि

ज्वालाकुमारी साह : मन्त्री कृषि तथा पशुपन्छी विकास

बिमलप्रसाद श्रीवास्तव : मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

उमाशंकर अरगरिया : मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

चन्दा चौधरी : मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ : मन्त्री युवा तथा खेलकुद

नारद मुनि राना : मन्त्री वन तथा वातावरण

गणेशकुमार पहाडी : मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन

मोहन बानिया : मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

चन्द्रकान्त चौधरी : राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई

रेणुका गुरूङ : राज्यमन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

आशाकुमारी वि.क. : राज्यमन्त्री वन तथा वातावरण

मा प्रकाशित