वित्त आयोगको प्रतिवेदनमा भरतपुर एक नम्बर

गणतन्त्रनेपाल समाचारदाता

चितवन, ४ फागुन । भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट घोषित भएको छ ।

वित्त आयोगको प्रतिवेदनमा महानगरपालिका ७२. २२ अंकका साथ सर्वोत्कृष्ट भएको हो ।

आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

जसअनुसार भरतपुरले ७२.२२, विराटनगरले ५९.२४, ललितपुरले ५८.४३ अंक पाउँदा काठमाडौं महानगरपालिकाले ५६.५२ अंक पाएको छ ।

यस्तै वीरगञ्जले ५३.२३, पोखराले ४८.६६ अंक पाएका छन् । यस्तै चितवनका राप्ती नगरपालिकाले ७०.८८, कालिका नगरपालिकाले ५६.७५, इच्छाकामना गाउँपालिकाले ५९.५१, रत्ननगर नगरपालिकले ५७.६३, खैरहनी नगरपालिकाले ५५.८३ र माडी नगरपालिकाले ६०.१५ अंक पाएका छन् ।

भरतपुरमा रेनु दाहाल दुई कार्यकाल मेयर हुँदा विकासको गति तीव्र बनेको छ भने कार्यसम्पादन मूल्यांकनमा समेत सर्वोत्कृष्ट भएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID