पालिका अध्यक्ष बिष्टद्वारा चार कोठे ट्रष्ट भवनको शिलान्यास

तुल बहादुर कवँर मगर

देउखुरी, ३ फागुन । राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलवामा रहेको श्रीनगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको चार काेठे ट्रस्ट भवनकाे बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नुभएको छ।

भवन पालिकाकाे करिब सात लाख पचास हजार रुपैयाँको लागतमा निर्माण हुन लागेकाे हाे।भवन शिलान्यास पछि बाेल्दै अध्यक्ष विष्टले यस क्षेत्र पर्यटकहरूकाे आकर्षक गन्तव्यकाे केन्द्र बन्न सक्ने भन्दै यसकाे विकास र विस्तारका लागि आफुले प्रदेश तथा संघीय सरकार समक्ष विशेष पहल गर्ने बताउनु भएको छ।

साे अवसरमा उहाँले उक्त क्षेत्रमा प्रधानमन्त्री स्वराेजगार कार्यक्रम मार्फत निर्माण भई रहेको पदमार्गकाे समेत अवलोकन गर्नु भएको थियोे ।

साे कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ, निवर्तमान वडा अध्यक्ष गाेकर्ण बहादुर राना मगर, शंकर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलाध्वज मल्ल,वडा सदस्यहरू भानु विक, चम्फा पुन,सुन्दर शाही, सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, पिपरी गाउँ प्रधान पुरन प्रसाद चाैधरी, मेलमिलाप केन्द्रका संयाेजक रुकेन्द्र बहादुर केसी, शंकर सामुदायिक वन उपभोक्ता समितिका काेषाध्यक्ष इमान सिह कार्की, श्रीनगर धार्मिक तथा पर्यटकीय स्थल निर्माण समितिका अध्यक्ष पदम प्रसाद पाैडेल,रेशम बहादुर थापा,धन बहादुर गुरुङ, सीता कुमारी चाैधरी लगायत स्थानीय बासिन्दाहरुकाे सहभागीता रहेको थियोे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID