लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा सहिद लखन थापाको शालिक अनावरण

गणतन्त्रनेपाल समाचारदाता

घोराही, २फाल्गुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपालका प्रथम सहिद  लखन थापा मगरको १४६ औ स्मृति दिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमा सहिद थापा मगरको पूर्ण कदको शालिक अनारवरण गर्नु भएको छ ।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको संयोजनमा सहिद लखन थापा मगरको अर्धकदको पुरानो शालिकलाई प्रतिस्थापन गरी ६ फिटको पुर्ण कदको ढलौट शालिक लुम्बिनी प्रदेश प्रर्यटन डिभिजन कार्यालयको १५ लाख रुपैया, घोरही उ.म.न.पा. बाट २ लाख रुपैया, घोरही उ.म.न.पा. १४ नं. वडा बाट १ लाख ५० हजार रुपैया र विभिन्न सहयोगी दाताहरु बाट आर्थिक सहयोग स्वरुप रु ४ लाख २९ हजार ६ सय ८ रुपैया गरी जम्मा १८ लाख ९२ हजार ६ सय ८ रुपैया लागत खर्चमा शालिक निर्माण, पानी फोहरा निर्माण तथा पार्कको विभिन्न मर्मत सम्भार सहित सहिद थापा मगरको शालिक अनावरण गरिएको शालिका निर्माण समितिका संयोजक खलु प्रसाद पुन मगरले जानकारी दिनुभयो । शालिक याङ्सी आर्ट स्टीडियो काठमान्डौले निर्माण गरेको थियो ।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका वरिष्ठ उपध्यक्ष भुक्त बुढा मगरको स्वागत मन्तब्य बाट सुरु भएको लखन थापा मगर स्मृति दिवस कार्यक्रको अध्यक्षता ने.म.सं. दाङ जिल्ला अध्यक्ष डिल्ली घर्ति मगरको रहेको थियो । थापा मगरको प्रमुख अतिथित्यता लुम्बिनी प्रदेश मुख्यमन्त्री अध्यक्ष डिल्ली घर्ति मगरको बताउनु भयो । शालिक अनावरण तथा शुभकामना दिनुहुदै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश मुख्यमन्त्री गिरीले नेपालका प्रथम सहिद लखन थापा मगरको बलिदानी पूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्ष प्रतिको सम्मान सबैले गर्नु पर्ने दायित्व रहेको साथै लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुको गौरवको विषय रहेको बताउनु भयो ।

घोराहीको लखन पार्क परिसरमा सम्पन्न लखन स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रममा लुम्बिनी प्रदेश सामसद राजु खनाल, नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष दर्जित रोका मगर, घोराही उ.म.न.पा. मेयर नरुलाल चौधरी, घोराही १४ नं. वडाका अध्यक्ष भान सिं बुढा मगर, नेपाल मगर संघ केन्द्रिय उपमहासचिब सावित्रा राना मगर, ने.म.सं. केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलाल पुन मगर, ने. क. पा. माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, ने.क.पा. एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत लगाएतले शुभकामना सहित सहिद लखन थापा मगरको त्याग र योगदानको चर्चा गर्दै राज्यले उहाँ प्रतिको दायित्व बोध गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमको सहजिकरण नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका सह-सचिव नरेन्द्र बुढा मगर (बलु) ले गर्नु भएको थियो ।

मा प्रकाशित