आमबगियाको महिलालाई अभियान लघुवित्तद्वारा वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान

गणतन्त्रनेपाल समाचारदाता

२७ माघ  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई विभिन्न तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

लघुवित्तले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को बेताल आधाभुत बिद्मयालयमा यहि माघ २७ शुक्रबार गौरीगंगा नगरपालिका आमबगियाका संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ ।

अभियान लघुवित्तको चौमाला शाखाको आयोजनामा सोमबार ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको लघुवित्तले जानकारी दिएको छ ।

तालिममा भुरीगाँउ अनुगमन कार्यालय प्रमुख प्रमुख मधु सुदन निरौला तथा शाखा प्रमुख अन्तरा आचार्य ले वित्तीय साक्षरताका बारेमा स्थानीय सदस्य महिलाहरूलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रम मा त्यस क्षेत्रका करिव ४० जना महिला दिदीबहिनी साथै अभिभावकको सहभागिता रहेको थियो । उत्त कार्यत्रमा शाखा प्रमु श्री आचार्यले संस्थाको परिचय, शाखाको गतिबिधि,र सेवा बारे जानकारी गराउनु भएको थियो ।
अनुगमन प्रमुख निरौला ले वित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ , लघुवित्त सस्थाले उपलब्ध गराउने धितो तथा बिनाधितो कर्जाको प्रक्रिया, कर्जा भुत्तानीको तरिका, कर्जा सदुपयोगिताको महत्व, कर्जा सुचना केन्द्रको कार्य, ऋणी कालो सुचिमा पर्दा हुन सक्ने समस्या र ग्रामिण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उधम गर्ने, आफ्नो लघु ब्यवसाय लाई कसरी ब्यवसाहिक बिकास गरी आम्दानी बृद्धी गराउने र लघुबिमाको कसरी गर्ने र यसको महत्व बारे पशिक्षण दिनु भयो ।


समुहका महिला दिदि बहिनीले साक्षरता कार्यक्रमले आफुहरुमा वित्तीय ज्ञान बृद्धि गर्न सहयोग मिलेको र आगामी दिनमा आमबगियाको दिदी बहिनी लाई ब्यवसाहिक बाख्रा पालनको तालिम आयोजना गर्न माग राख्नु भएको थियो ।

मा प्रकाशित