गढवा, २५ माघ । शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विध्यालयको प्राङगणमा सम्पन्न भएको छ ।
विध्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल चौधरीको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले छोटो समयमा अभिभावकको मन जित्न सफल विध्यालयको रुपमा अगाडि बढेको भन्दै प्रशंसा गर्नु भयो। गढवा बजार आसपासका क्षेत्रमा निजि विध्यालयहरु भएकै अवस्थामा शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल खोलेर नौ सयको आसपास विध्यार्थी संख्या पुर्याउनु चानचुने कुरा नभएको बताउनु भयो। गढवा गाउँपालिकाको शिक्षा जगतमा सामुदायिक विध्यालयहरुको साथै निजि विध्यालयहरुको पनि ठुलो योगदान रहेको बताउदै राज्यको निति नियम का कारण निजी विध्यालयहरु लाई मार्का परेको आफुले बुझेको बताउनु भयो।
विध्यालयमा विध्यार्थी पठाएर विध्यार्थीको बारेमा चासो नराख्नाले सामुदायिक विध्यालयका विध्यार्थीहरुको शैक्षिक गुणस्तरमा केही ह्रास आएको बत्उदै अभिभावकहरुले आफ्ना बालवालिकाहरु लाई बिशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले निजी विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार भएको हुनाले विध्यार्थीहरुको गुणस्तरीय शिक्षामा धेरै सुधार भएको बताउदै विध्यालयको प्रशंसा गर्नु भयो। बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक छोटो समयमा सोचे भन्दा राम्रो नतिजा दिन सफल बोर्डिङ स्कुलको रुपमा स्थापित भएको भन्दै तारिफ गर्नु भएको थियो।
कार्यक्रममा बिध्यालयका प्रिन्सिपल बिकाश रजौरेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। प्रतिबेदनका अनुसार बिक्रम सम्बत् २०६७ सालमा २सय ३१ विध्यार्थी, ९ शिक्षक र एक जना कार्यालय सहयोगी बाट भाडाको घरबाट पठनपाठन शुभारम्भ गरेको विध्यालयको अहिले ३८ कोठाको तिन वटा आफ्नै भवन रहेको छ। विध्यालय क्षेत्रभित्र चमेना गृह रहेको छ भने विध्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै जङ्कफुड निषेध गरिएको छ। २०७२ साल देखी एस् ई ई मा समाबेश भएको यो विध्यालय ए प्लस सहित सतप्रतिशत नतिजा ल्याएको विध्यालयले प्रतिबेदनमा उल्लेख गरिएको छ। हाल विध्यालयमा ८ सय ९९ विध्यार्थी, ३४ जना शिक्षक, तिन जना बस चालक, तिन जना सहचालक, तिन जना कार्यालय सहयोगी र एक जना सुरक्षागार्ड गरी ४४जना स्टाप कार्यरत रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ। साथै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गर्ने तयारी रहेको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
प्रतिबेदन प्रस्तुत गर्दै प्रिन्सिपल बिकाश रजौरेले निजि विध्यालय खोल्नु मात्र ठुलो कुरा नभएको बताउदै आजको परिवेशमा निजि विध्यालय राम्रो संग अघा बढाउनु भनेको फलामको चिउरा चपाउनु सरह भएको बताउनुभयो। एकातिर सरकारको निति, विध्यालय विरुद्ध ल्याईने निति अर्को तर्फ देशमा बिध्यमान अवस्थामा आर्थिक संकटले राज्यभरी रहेका निजि विध्यालयहरु संकटमा परेको बताउदै स्थानीय सरकारले ऐन तथा कार्यबिधि बनाउदा निजि विध्यालयहरु लाई पनि प्रवर्धन गर्ने खालको बनाउन अनुरोध गर्नु भयो।
कार्यक्रममा विध्यालयमा उत्कृष्ट हुने विध्यार्थी, सरसफाइमा उत्कृष्ट, उत्कृष्ट अभिभावक, शिक्षक, शिक्षिका लाई सम्मान गरिएको थियो। कार्यक्रममा गढवा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, सामुदायिक तथा निजी क्षेत्रका विध्यालयहरुको प्रधानाध्यापक, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष, क्रियाशील बिभिन्न संघ संस्था, पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो।
विध्यालयकी छात्र श्रेया पोख्रेल स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक चेतनाथ पौडेलले गर्नु भएको थियो ।