सिपि नेपालको आयोजनामा गढवामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु

आलोक भावुक

गढवा, २४ माघ ।सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु मंगलवार देखि गढवामा शुभारम्भ भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा तिन दिने फुटबल प्रतियोगिताको समुद्घाटन गर्नु भएको हो ।

क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिगत चार बर्ष देखी हरेक बर्ष अन्तर पालिका स्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको क्रियटिङ पोसिबिलिटिज नेपालका बिध्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनुभयो।

‘कति बस्छौ चुलो र चौकामा,आउ बाहिर रमाऔ खेलमा’ भन्ने मुल नाराका साथ चौथो महिला फुटबल प्रतियोगिता – २०७९ को शुभारम्भ गरिएको छ। खेलमा गढवा गाउँपालिका , राजपुर गाउँपालिका र राप्ती गाउँपालिकाका मुक्तकम्लहरी महिला खेलाडीहरु लाई प्रतियोगितामा सहभागी गराइएको छ।

मंगलवार प्रतियोगिताको उद्घाटन गर्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरु चुल्हा चौकामा मात्र सिमात नभई अन्य क्षेत्रमा पनि क्रियाशील हुन आवश्यक रहेको बताउदै सिपि संस्थाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको सफलताको शुभकामना दिनु भयो । खेलमा अवसर पाए महिला दिदि बहिनीहरु पनि पुरुष भन्दा कम नहुने बताउनु भयो। प्रतियोगिता तिन दिन सम्म चल्ने छ भने माघ २६ गते समापन हुने कार्यक्रम तय गरिएको छ।

प्रतियोगितामा तिन गाउँपालिका का गरि ८ समुहका १०४ जना महिला खेलाडीहरु खेल मैदानमा खेल खेल्ने छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID