कालीगण्डकीको देवशिला गोरखपुरबाट अयोध्यातर्फ पठाइयो

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट ल्याइएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्यातर्फ पठाइएको छ । गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका देवशिलालाई स्थानीयले भव्य स्वागत गरेका छन् । बुधबार बिहान गोरखपुरमा हवन गरिएको थियो जहाँ पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि सहभागी हुनु भएकाे थियाे ।

हवनपछि सञ्चाररकर्मीसँग कुरा गर्दै निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल–भारत सम्बन्ध नयाँ सांस्कृतिक उचाइमा पुगेको बताउनु भयाे । यो कार्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताउनु भयाे ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले सन्तहरूको सल्लाहमा नेपालको कालीगण्डकीबाट देवशिला ल्याउने निर्णय भएको र नेपालले हार्दिकतापूर्वक सहयोग गरेको उहांले बताउनु भयाे।

मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाई, लत्ताकपडालगायतका कोसेलीसहितको पाहुर साथमा पठाइएको छ। दुवै शिला आज साँझ  अयोध्या पुग्नेछ । धार्मिक विधिअनुसार नेपाली कांग्रेसका नेता  निधि, उहांकी पत्नी अनामिका निधिले गोरखपुरमा दुवै देवशिलाको पूजा गर्नु भएकाे थियाे ।

शिला बिदाइ कार्यक्रममा गोरखनाथ मन्दिर प्रांगणमा ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो। शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज, हिन्दू स्वयंसेवक संघ, विश्व हिन्दू परिषद् नेपालका पदाधिकारी सहभागी छन्।

गोरखपुरबाट अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधि तथा जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ । शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमापूजा गरिएको थियो।

म्याग्दीको बेनी नगरपालिका– ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदीकिनारको शिला क्रेनमार्फत निकालिएको थियो। शिला २४ र १४ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका छन् ।

पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार खोजिएको शिला अयोध्या पुर्‍याउन लागिएको बततइएकाे छ ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *