राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट

तुल बहादुर कवँर मगर

देउखुरी, १५ माघ ।राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट तथा छलफल भएको छ।

मुख्यमन्त्री गिरीलाई भेट्न अध्यक्ष विष्ट उहाँकै निवासमा माैरीघाटमा पुग्नु भएको थियोे ।

भेटमा अध्यक्ष विष्टले यस क्षेत्रमा राजधानी कार्यनयन गर्ने नाममा लामाे समय सम्म जग्गा राेक्का हुदा स्थानीयहरुले निकै सास्ती भाेग्नु परेकाे तर्फ बताउदै जग्गा एकीकरण कार्य लाई असर नपर्ने गरि तत्काल राेक्का जग्गा फुकुवा गर्न आग्रह गर्नुभएको थियाे।

उहाँले प्रदेश मन्त्रलयहरु व्यवस्थापन गर्नका लागि आफुहरुले सम्पूर्ण वडा कार्यलयहरु उपलब्ध गराएको स्मरण गराउदै अावश्यक परे अन्य भाैतिक संरचनाहरु समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै भेटमा अध्यक्ष विष्टले केही मन्त्रलयहरु राजधानी ताेकिएकाे क्षेत्र भन्दा अनेत्र स्थापना गर्न लागिकाे प्रति असन्तुष्टी जनाउदै राजधानी ताेकिएकै क्षेत्रमा स्थापना गर्नुपर्ने कुरामा जाेड दिनु भयो ।

भेट पछि मुख्यमन्त्री गिरीले जग्गा राेक्नु गर्नु कुनै रहर नभई बाध्यता रहेको बताउनु भयो ।उहाँले भन्नू भयाे “जुन उदेश्यले जग्गा राेक्का गरिएको हाे त्याे उदेश्य छिटोभन्दा छिटो पूरा गर्न तर्फ सबैले पहल गर्नु पर्छ। ” त्यस्तै उहाँले आफू नियमित रुपमै राजधानीमा रहेर काम गर्ने बताउदै स्थानीय र प्रदेश सरकारले एक आपसमा सहयाेग अादान प्रदान गर्नु पर्ने बताउनु भयाे ।

तत्कालका लागि केही मन्त्रलय राख्न भाैतिक अभाव रहेकाे बताउदै अस्थायी रुपमा केहि वर्षका लागि एक दुई आेटा मन्त्रलयहरु बाहिर स्थपना गर्दैमा अन्यथा नलिन समेत अाग्रह गर्नु भयो ।

साे अवरमा उहाँले प्रदेश सरकारको आफ्नै भाैतिक संरचना निर्माण पश्चात् सबै मन्त्रालय यहि ठाउँमा स्थायी रुपमा स्थापना हुने विश्वास समेत दिलाउनु भयाे। त्यस्तै फरक प्रसंगमा मुख्यमन्त्री गिरीले यस क्षेत्र कृषिकाे लागि उर्वर क्षेत्र भएकाले युवाहरुलाई कृषि पेशा तर्फ आक्रशित गराउदै युवा स्वरोजगार बढाउन सकिने र त्यसका लागि प्रदेश सरकार स्थानीय सरकार सँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

साे अवसरमा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय प्रमुख नेव बहादुर वली,वडा नम्बर छ का वडा अध्यक्ष दिपक कुमार चाैधरी,सातका अध्यक्ष सिताराम चाैधरी ,कार्यपालिका सदस्य सावित्री चाैधरी र वडा नम्बर चारका वडा सदस्य राेशन चाैधरी लगायतको सहभागीता रहेको थियाे।साथै भेटका क्रममा अध्यक्ष विष्टले मुख्यमन्त्री गिरीलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID