घरेलु तथा साना उद्योग कार्यालय दाङद्वारा गढवा गाउँपालिका लाई कोशेली र्‍याक हस्तान्तरण

आलोक भावुक

 गढवा, ११ माघ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङद्वारा गढवा गाउँपालिका कोशेली घरको लागि कोशेली र्‍याक हस्तान्तरण गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख लाल बहादुर गुरुङ, लेखापाल मनिस सुनार र गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, संघ संस्था शाखाका सुरेश पौडेल लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

गढवा गाउँपालिकामा निर्माण भएको कोशेली घरको लागि घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले एक लाख बराबरको कोशेली र्‍याक हस्तान्तरण गरेको गढवा गाउँपालिकाले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID